Ad Area

पत्रकार महासंघका पूर्व अध्यक्षलाई लोगो


दाङ, १६ चैत । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्षहरु र केन्द्रीय सदस्यलाई महासंघको लोगो प्रदान गरेको छ । नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अवसरमा बुधवार महासंघ अंकित लोगो अध्यक्ष र केन्द्रीय सदस्यलाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघले पहिलोपटक महासंघका पूर्व अध्यक्षहरुलाई लोगोले सम्मान गरेको हो । स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकारिताको सम्भावना र चुनौती विषयक छलफल समेत गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता क्षेत्रमा चुनौती बढ्दै गएको बताए । उनीहरुले पत्रकारिता क्षेत्रमा चुनौती बढेसँगै यस क्षेत्रबाट पलायन हुने पनि बढ्दै गएको बताए ।

अधिकांश पत्रकारहरु बैकल्पिक पेशामा संलग्न हुन बाध्य छन्’, वक्ताहरुले भने– ‘यसलाई सुधार गरेर जान आवश्यक छ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोख्रेलले योजनाविना मिडिया सञ्चालनमा ल्याउँदा समस्या बढ्दै गएको बताए । ‘योजना तथा व्यवस्थित योजना नहुँदा समस्या बढ्दै गएको छ’, उनले भने– ‘त्यसको लागि योजनाबद्ध रुपमा अगाडि बढ्न आवश्यक छ । पत्रकारितामा लगनशीलता पनि त्यत्तिकै छ ।’

नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले हरेक क्षेत्रमा चुनौती सम्भावना रहने बताए । पत्रकारिता क्षेत्रमा पनि हिजो पनि चुनौती रहेका र आज पनि चुनौती रहेको बताए । कार्यक्रममा पूर्व अध्यक्ष केबी मसाल, महासंघका सल्लाहकार सविन प्रियासन, प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्य, प्रेस सेन्टरका अध्यक्ष पाण्डवप्रसाद शर्मा, जनक नेपाली, गिरिराज नेपालीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad