Ad Area

पोख्रेलको कविता संग्रह मरुभूमिमा डुङ्गा लोकार्पण


घोराही, १९ चैत्र । युवा कवि शरद पोख्रेलको कविता संग्रह मरुभूमिमा डुङ्गा शीर्षकको कृति लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको आयोजनामा शनिबार एक कार्यगरी उक्त संग्रहको विमोचन गरिएको हो ।

शाखा अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता तथा राप्ती साहित्य परिषदका सल्लाहकार एवं परिषदका पूर्व अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा कृति विमोचन भएको थियो ।

सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथिहले कविको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरे । जन्मथलो दाङ भएपनि पछिल्लो केही वर्षयता कर्मथलो जापान बनाएका कवि पाख्रेलले आफ्नो कृति विमोचन गर्न दाङ आएका हुन्। उनको कवितामा देशकाल, परिवेश, माटो र पर्यावरणलाई मुल आधार बनाएर लेखिएका कविताहरु अहिलेको समयको बिम्ब र प्रतिकलाई साक्षी राखेर उजागर गरिएको छ ।

ताल, कला र संवेग चेतनाले भरिएका कविता उक्त संग्रहमा रहेका समिक्षक एवं साहित्यकार यज्ञबहादुर डाँगीले बताए । कविता संग्रहको समिक्षा गर्दै उनले रचित कविता दंगाली कविहरुमध्ये उत्कृष्ट ५ मा पर्न लायक रहेको दावी गरे ।

Blog Post Ad

कार्यक्रममा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासी, प्रगतिशील लेखक संघका सल्लाहकार पद्मप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतले शुभकामना व्यक्त गरेका थिए । परिषदकी उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए।

Blog Post Ad Blog Post Ad