Ad Area

घोराहीका कृषकलाई कृषियन्त्र वितरण


घोराही, २४ चैत ।  घोराही उपमहानगरपालिकाले कृषकहरुलाई कृषियन्त्र वितरण गरेको छ । चालु आर्थिक वर्षको विनियोजित बजेटबाट कृषकहरुको पहिचान गरी बिहीबार एक कार्यक्रम गरेर कृषियन्त्र वितरण गरिएको हो ।

कृषि शाखा प्रमुख चोपनारायण खनालको अध्यक्षता तथा नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी पालिकाका विभिन्न वडाबाट दरखास्त हालेको कृषकहरुको अनुगमन, निरिक्षण पश्चात आवश्यकताका आधारमा उक्त कृषियन्त्र वितरण गरिएको हो ।

घोराही उपमहानगरपालिकाले कृषि प्रवर्द्धनका लागि विभिन्न ७ प्रकारका यान्त्रिक उपकरणहरु खरिद गरेर किसानहरुलाई अनुदानमा वितरण गरेको हो । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, कृषि विकास शाखाका प्रमुख चोपनारायण खनालले ४७ जना किसान र ५ वटा समूहलाई पावर टेलर, मिनी टेलर, रोटाभेटर, थ्रेसर, पम्पसेट र मोटर वितरण गरे ।

जस अनुसार ३० जनालाई प्रति पावर टेलर ८० हजार रुपैयाँ अनुदानमा दिईएको छ । पावर टेलरको मूल्य एक लाख ७३ हजार परेको छ । मिनी टेलर १४ जनालाई प्रति टेलर ३० हजार अनुदान दिईएको छ भने यसको मूल्य ६२ हजारको रहेको छ ।

२ वटा धान काट्ने मेसिन रिपरलाई प्रति थान ८० हजार रुपैयाँ अनुदानमा, २ वटा रोटाभेटरमा प्रति थान ८० हजार अनुदान, थ्रेसर एउटामा एक लाख १० हजार रुपैयाँ अनुदानमा दिईएको शाखा प्रमुख खनालले जानकारी दिए । त्यसैगरी, २ वटा समूहलाई पम्पिङसेट र ३ वटा समूहलाई मोटर ६०–४० मा अनुदान दिएको उपमहानगरको भनाई छ ।

गत साउनमा ८० लाख ८१ हजार रुपैयाँको टेण्डर भएकोमा ६९ हजार ७५ हजार रुपैयाँमा टेण्डर स्विकृत भएको थियो । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले कृषिको प्रवर्द्धनमा सरकारले किसानलाई अनुदानमा दिएका यन्त्रहरुको सहि सदुपयोग गर्न आग्रह गरे। अब परम्परागत ढंगले कृषि अघि बढ्न नसक्ने भएकाले यान्त्रिकिकरणको विकल्प नभएको बताए ।

Blog Post Ad

यसको सहि सदुपयोगले मात्रै किसानहरुको आयआर्जन र मेहनतमा फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे। कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले व्यवसायीक खेती तर्फ आकर्षित गर्न पनि आफुहरुलाई किसान लक्षित कार्यक्रमहरु ल्याएको बताईन् । कृषि सामग्री पाएपछि कृषक हर्षित भएका छन् ।

Blog Post Ad Blog Post Ad