Ad Area

बाध्यकारी व्यवस्थाले मात्र सीमान्तकृतलाई सम्बोधन


दाङ, ३ बैशाख । बाध्यकारी व्यवस्था नहुँदासम्म सीमान्तकृतको सहभागिता हुन नसक्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखा तथा जागरण मिडिया सेण्टरको आयोजनामा घोराहीमा भएकोे सीमान्तकृत समुदायको सहभागिता र सञ्चारको भूमिका विषय अन्तत्र्रिmया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

बाध्यकारी कानुनी व्यवस्था भए मात्र सीमान्तकृत समुदायको सभागिता हुनसक्ने सहभागीहरूले बताएका थिए । कार्यक्रममा जागरण मिडिया सेण्टरका अध्यक्ष कमला विश्वकर्माले नागरिकलाई मानसिक रूपमा परिवर्तन ल्याउन आवश्यक रहेको बताइन् । मानसिक रूपमा परिवर्तन ल्याउनसकेमा मात्र समाजको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।

‘मानसिक रूपमा परिवर्तन ल्याउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ’, विश्वकर्माले भनिन् । समावेशी, समानुपतिकको नाममा आफन्ती नातागोतालाइ मात्र अवसर दिइने गरेको उनको आरोप छ । ‘सीमान्तकृतको अवसर आफन्तीले मात्र पाउने गरेका छन्’, उनले भनिन्, ‘यस प्रकारको कार्य राम्रो भएन ।’

राष्ट्रिय दलित आयोगका सदस्य मिना स्वर्णकारले पितृसत्तामक सोचका कारण महिला तथा सीमान्तकृत समुदायलाई पछाडि पारिएको बताइन् । यस प्रकारको सोच परिवर्तन हुनुपर्ने उनको भनाइ थियो । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य युवा कराराले संविधानमा भएको व्यवस्थाले मात्रै महिला तथा दलित एवम् सीमान्तकृत समुदायको सहभागिता हुने गरेको बताइन् ।

प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले सञ्चार माध्यमहरूले सीमान्तकृत समुदायको मुद्दालाइ बाहिर ल्याउने गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्षहरू सन्तोष सुवेदी, बसुन्धरा गौतम, सचिव आरके शीतल, महासंघका सल्लाहकार सविन प्रियासन, प्रेस सेण्टरका जिल्ला अध्यक्ष पाण्डवप्रसाद शर्मालगायतले विचार राखेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण गिरिराज नेपालीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad