Ad Area

स्थापना दिवसमा मैत्रीपूर्ण खेल जारी, अटो इन्जिनियरिङको टिम फाइनलमा


दाङ, ४ बैशाख । दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसमो अवसरमा व्यवसायीहरुविच आइतवार विहान भएको मैत्रीपूर्ण फुटवल प्रतियोगीतामा अटो व्यवसायी समिति विजयी भएको छ ।

आइतवार विहान भएको राप्ती अञ्चल अटो इन्जीनियरीङ व्यवसायी र दाङ जिल्ला फोटो ग्राफर एशोसियनविच भएको खेलमा १ गोलका विरुद्ध २ गोलले अटो व्यवसायी समिति विजयी भएको फुटवल प्रतियोगीता उपसमितिका सदस्य माधव खनालले जानकारी दिए । आइतवार साँझ फेन्सी व्यवसायी तथा सुनचाँदी व्यवसायीहरुविच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल सोमवार विहान हुने फुटवल प्रतियोगीता उपसमितिका संयोजक विकास वलीले जानकारी दिए ।

त्यसैगरेर कुसीदौड प्रतियोगीतामा मुक्तिराम खनाल प्रथम, थानेश्वर वुढा द्धितीय र मिलन लामा तृतीय भएको कुसीदौड प्रतियोगीता उपसमितीका संयोजक देवकला वस्नेले जानकारी दिइन् । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष धुव्रराज श्रेष्ठ भारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल प्रतियोगीता सञ्चालन समितिका संयोजक तथा संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल लगायतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण कुसीदौड प्रतियोगीता उपसमितिका संयोजक देवकला वस्नेतले गरेकी थिइन् । संघले आफनो स्थापना दिवसको अवसरमा व्यवसायीहरुविच मैत्रीपुर्ण प्रतियोगीता सञ्चालन गदै आएको छ ।

Blog Post Ad Blog Post Ad