Ad Area

नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले छोडे पार्टी


दाङ, ५ बैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी छोडेको घोषना गरेका छन् । सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी भित्रको गलत प्रवृतीका कारण पार्टी परित्यागको घोषणा गरेको बताए । ‘म केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज देखि पार्टीको साधारण सदस्य समेत नरहने घोषणा गर्दछु, उनले भने । गौतम २०७४ सालको स्थानीयतहको निर्वाचनमा घोराही उपमहानगरपालिका प्रमुखमा उम्मेदवार बनेर दोस्रो नम्बरमा थिए । हाल बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा प्रमुखका आकांक्षि थिए ।

 

Blog Post Ad Blog Post Ad