Ad Area

मेधावी छात्रा २०७८ काे पुरस्कार वितरण


दाङ,५ वैशाख । मेधावी छात्रा २०७८ काे पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङ र दाङकाे घाेराहीस्थित एपेक्स कम्प्युटरकाे संयुक्त आयाेजना सञ्चालन हुँदै आएकाे मेधावी छात्राकाे पुरस्कार वितरण गरिएकाे हाे ।

प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीकाे अध्यक्षता तथा राष्ट्रिय प्याब्सनका निवर्तमान सल्लाहकार नारायणप्रसाद अधिकारीकाे प्रमुख आतिथ्यता सम्पन्न एक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

मेधावी छात्रा २०७८ काे उपाधि तुलसी बाेर्डिङ स्कुल तुलसीपुरकी छात्रा सुगारिका लामिछानेले जितेकी थिइन् ।

त्यस्तै दीपशिखा आवासीय मावि घाेराहीकी सुजाता एग्री दाेस्राे, जनज्योति विद्यामन्दिरकी आरती भुसाल र गाेरखा सेकेन्डरी तुलसीपुरकी दर्शना घाेडासैनी तृतीय, जनज्योति विद्यामन्दिरकी वैवभी गाैतम चाैथाै, तुलसी बाेर्डिङ स्कुल तुलसीपुरकी सञ्जिता चलाउने र जनज्योति विद्यामन्दिरकी कृती देवकाेटा पाँचाै, दीपशिखा आवासीय मावि घाेराहीकी एञ्जिलिना डाँगी छैठौं, माउन्टभ्यू इङलिस बाेर्डिङ स्कुल घाेराहीकी अनुषा भण्डारी साताैँ र स्वर्गद्वारी इङलिस बाेर्डिङ स्कुल नारायणपुर ऋषिका बस्नेत र सिद्धार्थ एकेडेमी घाेराहीकी प्रशंसा अधिकारीले आठाैँ स्थान प्राप्त गरेका थिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) दाङ र एपेक्स कम्प्युटर घोराही दाङको सयुक्त आयोजना तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा प्रत्येक वर्ष हुने प्रतियोगिता विगत १६ वर्ष देखि सञ्चालन हुँदै आएकाे छ ।

कार्यक्रममा प्याब्सनका राष्ट्रिय सचिव यादव गिरी, निवर्तमान राष्ट्रिय सदस्य केशव थापा, पूर्व राष्ट्रिय सदस्य जीवन कुमार आचार्य, घाेराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्द, एपेक्स कम्प्युटरका म्यानेजिङ डाइरेक्टर धर्म केसी लगायतले मन्तव्य राखेका थिए ।

घाेराही नगर प्याब्सनले आयाेजना गरेकाे प्रधानाध्यापक भेलामा पुरस्कार वितरण गरिएकाे  थियाे । वरिष्ठ उपाध्यक्ष बिजय जिएमकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।