Ad Area

सिस्ने खोला पुल निर्माणको अन्तिम चरणमा


दाङ,६ बैशाख । सर्रा–कुइरेपानी बाइपास सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१७ मा पर्ने सिस्ने खोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सर्रा–कुइरेपानी बाइपास सडक अन्तर्गत कुइरेपानी प्रवेशद्धारमा जग्गा विवादका कारण सडक निर्माणको काम अघि बढ्न नसकेको समयमा सिस्ने खोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

फोरलेन सडक खण्डमा पर्ने उक्त खोलामा फोरलेनको डिजाइन अनुसार दुईवटा पुलसँगसँगै निर्माणको काम भैरहेको छ । एलिट कन्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको पुलको लागत करिव १९ करोड ६० लाख १४ हजार सात सय ९९ रुपैया ३ पैसा रहेको प्रदेश पूर्वाधार विकास कार्यालय घोराहीले जनाएको छ ।

२०२० मे २८ गते सम्झौता भएको पुल निर्माणको काम २०२२ नोभेम्वरसम्म सक्नुपर्ने कार्यालयले जनाएको छ । पुलसँगै उक्त सडक निर्माण भएमा घोराही बजारमा हुने सवारीचाप कम हुने अनुमान गरिएको छ ।

Blog Post Ad Blog Post Ad