Ad Area

स्थानीय तह निर्वाचन : दाङमा पहिलो दिन २३७ को उम्मेद्वारी


घोराही,११ बैशाख । स्थानीय तह निर्वाचनका लागि जिल्लाका १० स्थानीय तहमा पहिलो दिन २ सय २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार पहिलो दिन विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर २ सय ३७ जनाले मेयर÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडा अध्यक्षसहित सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन ।

कार्यालयका अनुसार पहिलो दिन सवैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । घोराहीको मेयरमा ७ जना, उममेयरमा ४ जना र वडा अध्यक्षमा २९ सहित ८३ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचनाअधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।

त्यसैगरी उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिकामा प्रमुखमा ३, उपप्रमुखमा ३, वडा अध्यक्ष १२ सहित ३५ जनाले उम्मेदवारी दर्ता गरका छन् । दंगीशरण गाउँपालिमा अध्यक्षमा २, उपाध्यक्षमा १, वडा अध्यक्षमा ५ सहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बबई गाउँपालिकामा अध्यक्षमा ३, उपाध्यक्ष १, वडाध्यक्ष ६ सहित १५ जना, राजपुर गाउँपालिमा अध्यक्ष १, उपाध्यक्ष १, वडा अध्यक्ष ५ सहित २४ जना, राप्ती गाउँपालिकामा अध्यक्षमा १ र वडा अध्यक्षमा ३ सहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गढवा गाउँपालिकामा अध्यक्षमा १, उपाध्यक्ष १, वडाध्यक्षमा ८ सहित ४२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । लमही नगरपालिकामा मेयरमा १, उपमेयरमा १ र वडाध्यक्षमा १ सहित ३ जना र शान्तिनगर गाउँपालिकामा वडा अध्यक्षमा ३ र सदस्यमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सूचना अधिकारी कुँवरका अनुसार पहिलो दिन बंगलाचुली गाउँपालिकामा कुनै पनि दल र स्वतन्त्रले उम्मेदवारी दिएका छैनन् ।

पहिलो दिन साना दलले उम्मेदवारी दर्ता गरेपनि गढवा गाउँपालिमा भने नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । एमालेले पालिका अध्यक्षमा सहजराम यादव, उपाध्यक्षमा सीता चौधरीले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । गढवा गाउँपालिका बाहेकका अन्य पालिकाहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पार्टीलाई उम्मेदवारी दर्ताका लागि बैशाख १२ गते समय निर्धारण गरिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad