Ad Area

गन्धैला नाकामा आगलागी, पाँच घर जलेर नष्ट


घोराही, १२ बैशाख । दाङको नेपाल(भारत सीमावर्ती क्षेत्रमा आगलागी हुदा पाँच घर जलेर नष्ट भएका छन् । आइतवार दिउँसो राजपुर गाउँपालिका( ७ गन्धैलानाकामा भारतीय जंगल क्षेत्रमा लागेको आगो हावाले नेपालतर्फ ल्याउदा पाँच घर जलेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रञ्जु केसीले जानकारी दिनुभयो ।

स्थानीय किनमेलका लागि भारतीय हाट बजारमा गएको समयमा दिउँसो घरमा आगो लागेको प्रहरी प्रमुख केसीले बताउनुभयो ।

आगलागीबाट राजपुर गाउँपालिका(७ गन्धैलानाका निवासी रामबहादुर विक, निमबहादुर पुन, बमबहादुर पुन, जीवलाल विक र गणेश पुनको घरसंगै कपडा,खाद्यान्नलगायतका सामग्री जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ । घरमा मान्छे कोही नभएको समयमा आगलागी हुँदा धेरै क्षती हुन पुगेको वडा प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

आगो सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा निभाएका थिए । आगलागीका कारण पाँच घरपरिवार स्थानीयको घरमा बस्न थाल्नु भएको छ ।

Blog Post Ad Blog Post Ad