Ad Area

गठबन्धनबाट घोराहीको मेयरमा शर्मा र उपमेयरमा डाँगीद्वारा उम्मेदवारी दर्ता


घोराही १२ बैशाख । स्थानीय तह निर्वाचनका लागि घोराही उपमहानगरपालिकाको मेयरमा हेमराज शर्मा र उपमेयरमा भुपबहादुर डाँगीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

गठबन्धनमा भएको सहमति अनुसार मेयर पदमा माओवादीबाट शर्मा र उपमेयर पदमा नेपाली कांग्रेसबाट डाँगीले उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ताका लागि घोराहीस्थीत नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शर्मा र डाँगी बाजागाजासहितको ¥यालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो ।

उम्मेदवारी दर्ताका लागि गठबन्धनकातर्फबाट नेपाली कांग्रेस राष्ट्रियसभा मुख्य सचेतक अनिता देवकोटा, नेकपा माओवादीका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रेखा शर्मालगायतका नेताहरु ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो ।

उम्मेदवारी दर्तापछि मेयरका उम्मेदवार शर्माले घोराहीको समग्र विकाससंगै सुशासन स्थापनाका लागि आफुले उम्मेदवारी दर्ता गरेको बताउनुभएको थियो । उहाँले घोराहीलाई समृद्ध सहर बनाउन कृषि उत्पादन, स्वास्थ, शिक्षा, पर्यटनसँगै आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेको बताउनुभएको थियो ।

Blog Post Ad Blog Post Ad