Ad Area

दाङका दश वटै पालिकामा मनोनयन दर्ता


घोराही,१२ बैशाख । स्थानीय तह निर्वाचनका लागि दाङका दश वटै पालिकामा विभिन्न राजनीतिक दलका उम्मेद्वारहरुले मनोनयन दर्ता गर्नुभएको छ । जिल्लामा सोमबार पाँच दलीय गठबन्धन, नेकपा एमाले, राप्रपा,नेकपा माले,मंगोल नेशनल अर्गनाइजेशन,विवकेशीलसाझा सहित स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाका घोराही तुलसीपुर उपमहानगरपालिका , बंगलाचुुली गाउँपालिकामा मात्रै गठबन्धनबाट उम्मेदारी दिइएको छ । अन्य पालिकामा भने गठबन्धनबीचका दलहरुको उम्मेदवारी मनोनयन गरिएको छ । घोराही उपमहानगरपालिकामा गठबन्धनकाबाट प्रमुखमा हेमराज शर्मा र उपप्रमुखमा मा भुपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेबाट प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डिसीले मनोनयन दर्ता गराउनुभएको छ । राप्रपाबाट नगरप्रमुखमा सरिता देवकोटा,मालेबाट नेत्रप्रकाश पाण्डे, स्वतन्त्रबाट श्रीमणकुमार शर्मा न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ ।

गठबन्धनमा भएको सहमति अनुसार प्रमुखमा माओवादीबाट शर्मा र उपप्रमुखमा नेपाली कांग्रेसबाट डाँगीले उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ताका लागि घोराहीस्थीत नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शर्मा र डाँगी बाजागाजासहितको ¥यालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट गेहेन्द्र गिरी र उपप्रमुखमा जोगबहादुर रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले गठबन्धनकातर्फबाट तुलसीपुरको प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित हुनुभएको थियो । त्यसैगर उपप्रमुखमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेकातर्फबाट तुलसीपुरको प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाजागाजा र ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खड्का र चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

खड्का नेकपा एमाले दाङका पूर्व अध्यक्ष तथा चौधरी सामाजिक अभियान्ता हुनुहुन्छ । लमही नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनमा सहमति नभएपछि गठबन्धनका दलहरुले एक्लाएक्लै दर्ता गराएका हुन् । लमहीमा नेकपा एमालेबाट नगर प्रमुखमा डण्डीराम चौधरी उपप्रमुखमा शुसीला शर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ ।लमहीमा माओवादीकातर्फबाट बसन्त शर्माले र उपप्रमुख गंगा पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

बबई गाउँपालिकामा नेपाली काग्रेसबाट अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खडका, दंगीशरणको अध्यक्षमा शम्भु गिरी उपाध्यक्षमा पिमाकुमारी खडका,राप्तीको अध्यक्षमा जगदम्बाकुमारी चौधरी र उपाध्यक्षमा हरि भुसाल, गढवामा अध्यक्षमा सर्वजित डाँगी र उपाध्यक्षमा शारदा चौधरी, राजपुरमा अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपती यादवले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

Blog Post Ad

जिल्लाका दुई गाउँपालिकामा गठबन्धनबाट उम्मेद्वारी परेको छ । शान्तिनगरमा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा केसीले दर्ता गराउनुभएको छ । बंगलाचुली गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रबाट सुवास पुन र उपाध्यक्षमा नेपाली काङग्रेसबाट भक्तबहादुर जिसीले मनोनयन दर्ता गराउनुभएको छ ।

यता नेकपा एमालेको तर्फबाट बबई गाउँपालिकाको अध्यक्षमा भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्वकर्माले मनोनयन गर्दा गराउनुुभएको छ । पौडेल र विश्वकर्मा २०७४ स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेबाट निर्वाचित हुनुभएको थियो । शान्तिनगर गाउँपालिकामा विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दंगीशरण गाउँपालिका अध्यक्षमा एम.एन. शाह र उपाध्यक्षमा बुधनी चौधरी, राप्ती गाउँपालिकामा अध्यक्ष जगत पोख्रेल र उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिकामा अध्यक्ष सहजराम अहिर र उपाध्यक्षमा सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्ष कुलराज गिरी र उपाध्यक्षमा सीता यादव र बंगलाचुली गाउँपालिकाको अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वता घर्तीमगरले मनोनयन दर्ता गराउनुभएको छ ।

उता गढवामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा यमनारायण शर्मा पोख्रेल र उपाध्यक्षमा एकिकृत समाजवादीका शान्ति चौधरीले मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरी राप्ती गाउँपालिकामा माओवादीबाट प्रकाश विष्ट र जनमोर्चाबाट उपाध्यक्षमा केशव खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ । राजपुरमा अध्यक्षमा चक्रबहादुर खडका र उपाध्यक्षमा पुष्पा यादव,बबईको अध्यक्षमा भीमबहादुर वली र उपाध्यक्षमा अञ्जु घर्तीले मनोनयन दर्ता गराउनुभएको छ । दंगीशरणमा अध्यक्षमा मणिराम चौधरी र उपाध्यक्षमा विनिता चौधरी, शान्तिनगरको अध्यक्षमा मोहन वली र उपाध्यक्षमा राधिका परियारले मनोनयन दर्ता गराउनुभएको छ ।

Blog Post Ad Blog Post Ad