Ad Area

व्यवसाय प्रवर्द्धनका लागि सात उद्यमी महिला सहकारीलाई साढे २२ लाख अनुदान


घोराही, १३ बैशाख । दाङ र सल्यानमा रहेका सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई २२ लाख ५० हजार अनुदान रकम हस्तान्तरण गरिएको छ।
ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत जगत चौधरीको विशेष उपस्थितिमा सोमबार अनुदान रकम हस्तान्तरण गरिएको हो ।  दाङ र सल्यान जिल्लामा रहेका ७ वटा सहकारीलाई उक्त अनुदान रकम हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले बताईन् ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा दाङ,सल्यान र प्युठान जिल्लामा संचालन भइरहेको ‘पशु बस्तुको मुल्य शृङ्खलामा आधारित साना किसानहरुको संस्था सबलिकरण परियोजना SLVCII’ अन्तर्गत ती संस्थालाई अनुदान उपलब्ध गराईएको हो। अनुदान पाउनेमा सल्यानको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, दाङ लमहीमा रहेको कर्मठ, निलकमल, समुन्नति र दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड एवम् घोराहीमा रहेको ज्यामिरे र सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई संकलन केन्द्र निर्माण तथा व्यावसायिक तरकारी खेती र दुग्ध व्यवसाय बिस्तारका लागि संकलन केन्द्र निर्माणका लागि अनुदान रकम हस्तान्तरण गरिएको हो । अनुदान रकम प्राप्त गरेपछि ती संस्था निकै उत्साहित भएका छन् । संस्थाले सहकारीमार्फत महिलालाई उद्यमी बनाउन र अर्थाेपार्जनमा क्रियाशील बनाउन निरन्तर पैरवी गर्दै अघि बढेको छ । जसबाट हालसम्म हजाराैँले लाभ लिईरहेका छन् ।

Blog Post Ad Blog Post Ad