Ad Area

जिल्लामा ट्राफिक व्यवस्थापनमा सहकार्य आवश्यक


दाङ,१४ बैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघले सुरक्षा तथा वजार व्यवस्थीत बनाउने विषयमा छलफल गरेको छ । भर्खरै सुरुवा भएर आएका वडा प्रहरी प्रमुख तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखसंग छलफल गरेको हो ।

छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले बजारमा ट्राफिक व्यवस्थापमा समस्या रहेको बताए । समस्या समाधान गर्नका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने उनीहरुको भनाइ रहेको थियो । कार्यक्रममा प्रमुख परियारले बजारी क्षेत्रमा व्यवस्थीत पार्किङस्थलको आवश्यकता रहेको बताए । पार्किङस्थल नहुँदा सडक भरी नै सवारीका साधन पार्किङ हुने गरेको उनले बताए । उनले सघुरो सडकमा पार्किङ गरिदा दुर्घटना बढ्ने भनाइ रहेको थियो ।

‘घोराही बजारमा डिजिटल ट्राफिक लाइटको व्यवस्था गर्न आवश्यक रहेको छ’ उनले भने । घोराहीको तुलसीपुर चोक, शहिद गेट र ट्राफिक चोकमा आवस्यक रहेको उनको भनाइ रहेको छ । डिजिटल ट्राफिक लाइटको व्यवस्था गर्न सकिएमा दुर्घटना कम गर्न सकिने उनले बताए । वडा प्रहरी कार्यालय घोराहीमा प्रमुख गजेन्द्रवहादुर शाहले प्रहरीलाई सूचना दिएर सहयोग गर्नुपर्ने बताए ।

‘नागरिकले दिने सानो सूचनाले धेरै ठुलो काम गर्दछ त्यसैले सुचना दिनुहोस’ उनले भने । नागरिकसंग सहकार्य गरेर नै अगाडि वढने उनले बताए । सभ्य समाज निर्माणका लागि सबै मिलेर जानुपर्ने उनको भनाइ रहेको थियो । प्रहरी एकलैले मात्र केही गर्न नसक्ने भएकाले सबैको सहयोग रहनु पर्ने उनको भनाइ रहेको थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले वजार व्यवस्थीत तथा शान्ति सुरक्षा काम गर्न व्यवसायीक क्षेत्रवाट सहयोग रहने बताए । व्यवसायीहरुलाई ढुक्कसंग व्यावसाय गर्ने वातावरण निर्माण हुनुपर्ने उनले बताए । बजार व्यवस्थीत बनाउने अभियानमा आफुहरुको सहयोग रहने समेत उनलेको भनाइ रहेको थियो ।

संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले साझसम्म व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन आवस्यक रहेको बताए । सुरक्षा निकायले साझ छिट्टै घोराही वजार बन्द गराउने गरेको यसले भन्दै टाढाबाट आउने नागरिकहरुले समेत समस्या भोग्नु परेको उनको भनाइ रहेको छ । वजारमा व्यवस्थीत पार्किङक व्यवस्था गर्न लाग्नु पर्ने बताए । कार्यक्रममा सहभागिलाई धन्यबाद ज्ञापन संघका सदस्य भरतप्रसाद रेग्मीले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad