Ad Area

एमाले तुलसीपुर–५ को प्रतिवद्धतापत्र : आकासे पुलदेखि धुलोरहित सडक


तुलसीपुर, १६ बैशाख । नेकपा एमाले ५ नं। वडा समितिले तुलसीपुरले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । एमालले तुलसीपुरका विभिन्न स्थानमा आकाशे पुल निर्माण देखि वडा नं। ५ लाई धुलो र खाल्डाखुल्डी मुक्त सडकको रुपमा विकास गर्ने प्रतिवद्धता पत्रमा उल्लेखछ ।

नेकपा एमाले तुलसीपुर ५ का वडाध्यक्षका उम्मेदवार पदम पोख्रेल ९ जेठुकान्छु०ले आफुहरुले जितेमा ५ बर्षमा तुलसीपुरको मुहार फेर्ने बताए । तुलसीपुरको दिगो विकास र उज्यालो भविष्यको खाँका कोर्नका लागि विभिन्न प्रतिवद्धताहरु आफुहरुले ल्याएको बताए । उनले एक घर एक धारा, तुलसीपुरमा बढदै गएको अव्यवस्थीत पार्कीङलाई व्यवस्थीत गर्दै अरनिको मैदानलाई अन्डरग्राउन्ड पार्किङ सहितको मिनी रंगशाला, जहाँ क्षति त्यहाँ गति भन्ने नाराका साथ क्षति भएको सडकहरुको २४ घण्टाभित्र मर्मत, वजार क्षेत्रमा कोशी खेति गर्नेलाई प्रोत्साहन गरिने बताए ।

पोख्रेलले आफुहरुको जितेमा पातुखोला किनार क्षेत्रमा रहेको करिडोरमा वृक्षारोपन, गरी हरियाली पार्कका रुपमा विकास गर्ने, ऐलानी अव्यवस्थीतलाई लालपूर्जा वितरण, अभिभावकविहिन अतिविपन्न बालबालिकाहरुको शिक्षाको जिम्मा लिइने देखि सुत्केरी र जेष्ठ नागरिकहरुलाई अस्पतालसम्म जानका लागि निशुल्क घुम्ती अटो सेवा प्रदान गर्ने सम्मको प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

त्यस्तै ५ बर्ष भित्र विरेन्द्र चोक, पिपल बोट र विपी चोकमा आकासे पुल, ज्ञानज्योति जनश्रमिक प्राविमा बालविकास केन्द्रलाई मन्टेश्वरी विद्यालयमा स्तरोन्नती , वडाका सवै नागरिकको विवरण डिजीटलाइन्ट गरी कुनैपनि कार्यालयको काममा कागजात बोक्नु पर्ने झण्झटको अन्त्य गर्ने समका प्रतिवद्धता सार्वजनिक गरे । त्यस्तै तुलसीपुरमा रात्रि बजार सञ्चालन र जेष्ठ नागरिकलाई निःशुल्क तिर्थ यात्रा गराने सम्मका चुनावी प्रतिवद्धता सार्वजनिक गरिएको छ ।

नेकपा एमालेका नेता विनोद शर्माले आफुहरुले ५ बर्ष सम्म तुलसीपुरम ागर्न सकिने कामहरु सार्वजनिक गरेको भन्दै आफ्नो पार्टीका उम्मेदवारले जितेमा तुलसीपुरलाई नमुना योग्य बनाउने बताए । चुनाव प्रचार प्रसार समितिका संयोजक प्रकाश भट्टको अध्यक्षतामा चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रम भएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad