Ad Area

दाङमा १७६ जनाको उम्मेदवारी फिर्ता


दाङ,१६ बैशाख । दाङमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका १७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका दशवटै पालिकाहरुमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षसहित वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ता गराएका २ हजार ४ सय १२ उम्मेदवार मध्य १७६ जना उम्मेदवारी फिर्ता लिएका हुन ।

उम्मेदवारी फिर्ता लिनेमा २ जना उपमहानगरपालिका प्रमुख, २ जना गाउँपालिका अध्ययक्ष, १२ जना वडाध्यक्ष र बाँकी सदस्यहरु रहेका छन् । हरुले निर्वाचन आयोगले दिएको समयभित्र उम्मेदवारी फिर्ता लिएका हुन ।

उम्मेदवारी फिर्ता लिनेमा सवैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा ९६ जना रहेका छन् । त्यसैगरी घोराही उपमहानगरपालिकामा १८ जना, बबई गाउँपालिकामा १४ जना,दंगीशरण गाउँपालिकामा १३ जना, राप्ती गाउँपालिकामा ९ जना, गढवा गाउँपालिकामा ८ जना उम्मेदवार रहेका छन् ।

यसैगरी लमही नगरपालिकामा ७ जना, राप्ती गाउँपालिका र शान्तिनगर गाउँपालिकामा ५÷५ जना र बंगलाचुली गाउँपालिकामा एक जना उम्मेदवार रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचन कार्यालय दाङका अनुसार अव जिल्लाका दश वटा स्थानीय तहमा २ हजार २ सय ३६ जना उम्मेदवारहरु बाँकी रहेका छन् ।

Blog Post Ad Blog Post Ad