Ad Area

विकास र समृद्विका लागि गठबन्धन : प्रचण्ड


दाङ,२५ बैशाख ।  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्विका लागि पाँच दलीय गठबन्धन आवश्यकता रहेको बताएका छन् । चुनवी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगनमलाई परास्त गर्न गर्दै देशलाई आर्थिक, सामाजिक र सास्स्कृतिक रुपमा विकास गर्नका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका हुन ।

उनले शान्ति स्थापनादेखि अहिलेसम्म नेपाली कांग्रेससंग मित्रवत सम्बन्ध कायमै रहेको भन्दै अव प्राप्त उपलव्धीहरुको रक्षका लागि समेत गठबन्धनकामार्पmत अघि बढेको बताए । ‘नेपाली कांग्रेस र माओवादीको सम्वन्धन अहिलेको होइन । शान्ति स्थापनादेखि नै हुदै आएको छ’,उनले भने,‘यो सम्वन्ध अझै धेरै बर्ष हुन सक्छ । त्यसका लागि तपाईहरुले पनि निर्वाचनमा मतदान गरेर साथ दिन आवश्यक छ ।’

उनले उपमहानगरपालिकामा मात्रै नभई १९ वटै वडामा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनका लागि कार्यकर्ता, मतदाताहरुलाई आग्रह गरेका थिए । उनले अहिलेको निर्वाचन प्रतिगमनधर पक्ष र प्रतिगमन विरोधी पक्षविचको जनमत संग्रह भएको बताए । ‘यो स्थानीय तह निर्वाचन निर्वाचन मात्रै होइन । प्रतिगमन र प्रतिगमन विराधी पक्षविचको जनमत संग्रहपनि हो’,प्रचण्डले भने,‘जनताले अग्रमणन रोज्ने र प्रश्चगमन । त्यो बैशाख ३० गते थाहा हुन्छ ।’

नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंङ भारतीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले देशको विकास, समृद्धि र सुसशानका लागि गठबन्धनलाई मतदान गर्न आग्रह गरेका थिए । उनीहरुले केन्द्रदेखि प्रदेशसम्म गठबन्धनको सरकार रहेको भन्दै गठबन्धनलाई मतदान गरेर स्थानीय तहदेखि केन्द्रसम्म बलियो सरकार बनाउन जनतालाई आग्रह गरेका थिए ।

कार्यक्रममा राष्ट्रियसभाका मुख्य सचेतक अनिता देवकोटा, नेकपा माओवादी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेखा शर्मा, नेपाली कांग्रेस लुम्विनी प्रदेश उपसभापति एवं संविधानसभा सदस्य राजु खनाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतलगायतले चुनावी सभालाई सम्वोधन गरेका थिए । कार्यक्रममा हास्य कलाकार कमल गाउँलेले गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गर्दै प्रस्तुती देखाएका थिए । कार्यक्रमको सहजीकरण नेकपा माओवादी दाङका सचिव विश्वराज आचार्यले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad