Ad Area

बुवाको मृत्यु भएपछि छोराको उम्मेदवारी दर्ता


दाङ, २८ बैशाख । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष पदका उम्मेदवार लबरू चौधरीको निधन भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ ।

आज बसेको जिल्ला सचिवालयको बैठकले लबरूका छोरा प्रदिप चौधरीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको सचिव मनोहर बुढाथोकीले जानकारी दिए । प्रदिपले आजै निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी दर्ता गराएका छन् ।

लबरूको मंगलबार राति उपचारका क्रममा मंगलबार राति काठमाडौमा निधन भएको थियो ।

Blog Post Ad Blog Post Ad