Ad Area

डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु


डोल्पा,२८ वैशाख । उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका–७ का २४ वर्षीय सुनिल विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिएका छन् ।

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर उनको मृत्यु भएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार विकको लेक लागेर मृत्यु भएको हो । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

Blog Post Ad Blog Post Ad