Ad Area

घोराहीमा फोहरबाट ग्याँस उत्पादन, एक महिनाभित्र उपभोक्ताको घरमा पु¥याउने तयारी


दाङ,२७ बैशाख । घोराही उपमहानगरपालिकामा फोहरबाट ग्याँस उत्पादन गरेर उपभोक्ताको घरघरमा पु¥याउने तयारी गरिएको छ । फोहरबाट उत्पादन भएको ग्याँस स्थानीय उपभोक्ताको घरघरमा पु¥याउनका लागि पाइप विस्तारको काम भैरहेको बायो ग्याँस प्लान्टले जनाएको छ ।

उपभोक्तालाई वितरण गर्ने ग्याँसको पाइप आइककाले अहिले उभोक्ताहरुको घरघरमा ग्याँस पु¥याउने गरि काम सुरु भएको बायो ग्याँस प्लान्टका म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार एक महिना अघि ग्याँस उद्घाटन भएपनि प्राविधिक समस्याका कारण ग्याँस वितरणमा ढिलाई भएको थियो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र नेपाल उर्जा विकास कम्पनी प्रा.लि. र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्याँस उत्पादन गर्न थालिएको हो । त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ गते सम्झौता भएको थियो ।

फोहरबाट ग्याँस उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत व्यहोर्ने सहमति भएको नेपाल उर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर श्रेष्ठले बताए । उनका अनुसार ग्याँस प्लान्टको लागि नगरपालिकाले घोराही उपमहानगरपालिका १६ मा करौतीडाडाँमा करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ ।

ग्याँस प्लान्ट २ हजार घनमिटरको रहेकोे प्लान्ट म्यानेजर श्रेष्ठको भनाइ छ । ग्याँस उत्पादन गर्नका लागि करिब २२ करोड लगानी भएको प्लान्ट म्यानेजर श्रेष्ठले बताए । परीक्षणका रुपमा केही समय अघिदेखि उद्योगमै फोहरबाट ग्याँस उत्पादन गरेर खाना पकाउने काम हँुदै आएको छ ।

अहिले दैनिक ३ सय घनमिटरसम्म ग्यास उत्पादन हुने गरेको छ । ‘अहिले फोहर कम राखिएकाले ग्याँस उत्पादन कम छ’, म्यानेजर श्रेष्ठले भने,‘केही समयपछि फोहर बढाउँदै ग्याँस उत्पादन वृद्धि गरिने छ ।’ उत्पादन भएको ग्याँस पाइप लाइनमार्फत उपभोक्ताको घर–घरसम्म पु¥याउने योजना छ । जसका लागि आवश्यक पर्ने पाइप भारतबाट आउन नसक्दा ढिला भएको श्रेष्ठले बताए ।

Blog Post Ad

‘ग्याँस उपभोक्ताको घरघरमा पु¥याउनका लागि आवश्यक पर्ने एनडिपी पाइप हो । यो अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको हो’, प्लान्ट म्यानेजर श्रेष्ठले भने,‘पहिलो केही पाइप आएको छ । हामीले सुरुमा ७ सय ५० घर घुरीमा पु¥याउने तयारीमा जुटेका छौ ।’ यसरी उत्पादन गरिएको ग्याँस घोराही–१६ का स्थानीयसँगै वडा नं. १० नारायणपुर र वडा नं. १६ को सर्रासम्म पु¥याइने लक्ष्य रहेको छ । पाइपमार्फत ग्याँस प्रयोग गरेवापत मिटर अनुसार रकम उपभोक्ताले तिर्नुपर्ने छ ।

सुरुमा ग्यास उत्पादन गरेर सिलिण्डरमा भरेर बजारमा पठाउने योजना भएपनि नयाँ डिपिआर गरेर पाइप लाइनमार्फत ग्याँस वितरण गर्न थालिएको उनले बताए । ‘सुरुमा ग्याँस सिलिण्डरमा भरेर वितरण गर्ने सोचेका थियौ’,म्यानेजर श्रेष्ठले भने,‘सिलिण्डरबाट वितरण गर्नुभन्दा पाइपलाइन मार्फत सहज हुने भएपछि नयाँ तरिकाले काम सुरु गरेका हौ ।’ जसले गर्दा सम्झौता समयभन्दा केही ढिलाई भएको बताए ।

फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने तयारी गरिएको छ । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौता अनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने म्यानेजर श्रेष्ठले बताए । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई नाफाको ५ प्रतिशत रकम दिनेछ । फोहरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने नगरपालिकाले अपेक्षा लिएको छ ।

 

Blog Post Ad Blog Post Ad