Ad Area

पर्यवेक्षकहरुलाई प्रशिक्षण


तुलसीपुर, २८ बैशाख । पर्यवेक्षकहरुलाई प्रशिक्षण दिइएको छ । दाङको तुलसीपुरमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती (नियोक) दाङको आयोजनामा प्रशिक्षण कार्यक्रममा भएको हो ।
कार्यक्रममा पर्यवेक्षको भूमिका र जिम्मेवारीको विषयका बारेमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षकमा नियोक दाङका कानुनी सल्लाहका मोहन धिताल र सभापति विनोद कुमार श्रेष्ठ रहेका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती (नियोक) दाङका सभापती विनोद कुमार श्रेष्ठको अध्यक्षतामा भएको प्रशिक्षणमा सरस्वती चौधरी, टेकन प्रसाद कंडेल, शालिकराम वली, धनीराम भण्डारी डिआर, निरला अर्याल, खुमानन्द अधिकारी, चन्द्रकली चौधरी, सावित्रा चौधरी, सुजता केसी, ठाकुर प्रसाद डाँगी, प्रमिला कठारी मगर, नुमा सुवेदी, सिता कुमारी पुन लगायतका व्यक्तिहरुको सहभागीता रहको थियो ।