Ad Area

स्थानीय तह निर्वाचनका लागि कसरी मिलाइएको छ, जिल्लाको सुरक्षा व्यवस्था ?


दाङ,२८ बैशाख । दुई दिनपछि स्थानीय तहको निर्वाचन हुँदैछ। जिल्लामा भयरहित तथा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न विभिन्न सुरक्षा योजनाहरू तयार परिएको छ । स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र निष्पक्ष सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिकाअनुसार विभिन्न कार्यहरू भइराखेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

हालसम्म जिल्लामा कुनै अप्रिय घटनाहरू भएका छैनन् । उनकाअनुसार चुनाव शान्तिपूर्ण मर्यादित रूपमा सम्पन्न गर्नका लागि जिल्ला सुरक्षा योजना पारित गरेर चुनावी सुरक्षाका लागि प्रशासनले सबै व्यवस्थापन मिलाएको छ । निर्वाचनलाई सुव्यवस्थित गर्न र निर्वाचनको समयमा हुन सक्ने घटनाहरूलाई मध्यनजर गरी प्रशासनले मतदान केन्द्र, उम्मेदवारहरू, कर्मचारी, मतदाताको सुरक्षाका लागि विभिन्न योजनाहरू बनाएर स्थानीय चुनावलाई शान्तिपूर्ण बनाउन लागेको छ ।

सुरक्षा सतर्कता, अपनाउँदै संवेदनशील मतदान केन्द्रहरूको लागि पनि सुरक्षा रणनीति बनाएर जनताले आफ्नो मताधिकार प्रयोग सहजरूपले गर्न र गराउनका लागि सबै सुरक्षा व्यवस्था मिलाएको उनले बताए । चुनावी सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धान गरी करिव ३५ सय बढी सुरक्षाकर्मी खटिएका छन् । प्रमुख जिल्ला अधिकारी रेग्मीकाअनुसार जिल्लाका मतदान केन्द्रमा ३५ सय सुरक्षाकर्मी परिचालन भएका छन् ।

पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेराको जिम्मा नेपाली सेनाले लिएको छ । साथै हुन सक्ने सम्भावित घटनलाई मध्यनजर गरी उच्च सतर्कता अपनाएको समेत उनले बताए । प्रमुख जिल्ला अधिकारी रेग्मीकाअनुसार निर्वाचनको समयमा हुन सक्ने सम्भावित घटनाहरूलाई मध्यनजर गर्दै विभिन्न योजनाअनुसार सुरक्षा रणनीति बनाएको बताए र त्यो अनुसार सुरक्षामर्की परिचाल समेत भएका छन् ।

यसैगरेर छिमेकी भारतसँग जोडिएका सीमाहरू छन् । सो सीमाहरू ४८ घण्टा अगाडि बन्द हुने छन् । दाङको बलरामपुर तथा अन्य राजपुर, कोइलाबासलगायतका क्षेत्रमा सीमा सुरक्षाको विषयमा निगरानी राखेको र सीमामा हुने र देशभित्र हुने गतिविधिलाई पनि सूक्ष्मरूपले अनुसन्धान र सूचनाहरू संकलन गर्ने काम समेत भइराखेको छ । त्यस्तै राजमार्ग सुरक्षा, राजमार्गमा चेकजाँच, कहीँकतै अवान्छित र चुनाव विथोल्ने गतिविधि नहुन भन्नका लागि सुरक्षाकर्मी परिचालन गरेको समेत उनले बताए । जिल्लाका ५ स्थानमा रहेका मतदान केन्द्रलाई संवेदनशील स्थानमा राखिएको छ ।

‘बबई, राजपुरलगायतका गाउँपालिकाका केही वडाका मतदान केन्द्रहरू संवेदनशील छन् । ती केन्द्रहरुमा सुरक्षा व्यवस्थापन पनि मिलाइएको छ । मतपत्रहरू कर्मचारी सुरक्षाकर्मीहरू पनि हामीहरूले व्यवस्थान गरिसकेका छौं’, उनले भने । उनकाअनुसार मतदान सकिएपछि ५ बजे नै मतपेटीका सुरक्षित सम्बन्धित संस्थानमा ल्याउने व्यवस्था मिलाएको छ ।

Blog Post Ad

यसैगरेर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ थ मा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न २९ गते राती १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मको लागि यस जिल्लाभर मादक पदार्थको ओसारपसार विक्री र सेवनमा प्रतिबन्ध लगाइएको समेत उनले बताए । त्यस्तै निर्वाचनको दिन सवारी पासबेगरका सवारी साधान चलाउन बन्देज समेत लगाएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

Blog Post Ad Blog Post Ad