Ad Area

रोल्पामा २९ मतदान केन्द्र अतिसंवेदनशील


 

रोल्पा, २८ बैशाख । रोल्पामा २९ मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । ८१ मतदानस्थल र १७३ मतदान केन्द्र मध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । निर्वाचन सुरक्षाका लागि रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म्यादी प्रहरी परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि वैशाख २ देखि नै सुरक्षा निकाय परिचालन गरिएको सापकोटाले बताए । जिल्लामा पछिल्ला दिनमा राजनीतिक दलको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण सुरक्षा चुनौती भने थपिएको बताएको छ ।

रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी दिएकी छन् । जिल्लामा पुरुष मतदाताभन्दा एक हजार ५७६ महिला मतदाता बढी छन् ।

Blog Post Ad Blog Post Ad