Ad Area

दंगीशरण गाउँपालिकामा कांग्रेस विजयी


दाङ, ३ जेठ । दंगिशरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् कांग्रेसका शम्भु गिरी ५ हजार ४६७ मतका साथ विजयी भएका हुन् ।

अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ शाहले ४ हजार ४९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मनिराम चौधरीले १ हजार ७८३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकी पिमाकुमारी वलीले ४ हजार ५७९ मत प्राप्त गर्दे विजयी भएकी छन् । दुई सय ६ मत अन्तरले निर्वाचित वली २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी बुधनी चौधरीले ४ हजार ३११ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रकी निर्मला वलीले १ हजार ८४६ मत पाएकी छन् ।

Blog Post Ad Blog Post Ad