Ad Area

तुलसीपुर १७ मा मतदान सुरु


दाङ, ३ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा मतदान सुरु भएको छ । विहान ७ बजेदेखि मतदान सुरु भएको प्रदेश निर्वाचन कार्यादय दाङले जानकारी दिएको हो । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैशाख ३० गते स्थगित भएको थियो ।

निर्वाचनमा वडाध्यक्ष पदका लागी त्रिपक्षिय प्रतिस्पर्धा हुँदैछ । गठवन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा एमालेको तर्फबाट स्वर्गिय लवरु चौधरीका छोरा प्रदिप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज शर्मा अध्यक्षका उम्मेदवार छन् ।

वडामा ६ हजार १ सय ७० मतदाता रहेका छन् । वडाका दुई स्थानमा मतदान हुने छ । जनकल्याण माध्यमिक विद्यालय दुधरासको बुथमा २ हजार ७ सय ५६ र दिपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथमा ३ हजार ४ सय १४ मतदाताले मतदान गर्ने छन् । वडाका दुवै बुथमा निर्वाचन सम्पन्न भएपछि मात्रै तुलसीपुर उपमहानगरपालिकाको यसअघिनै मतदान भएका वडाहरुको मतगणना सुरु हुने निर्वाचन कार्यालय तुलसीपुरले बताएको छ ।

मतदान सम्पन्न भएर मतपेटिका तुलसीपुर पुग्नासाथ सर्वदलिय बैठक बसेर तत्काल मतगणना सुरु हुने बताइएको छ । मतगणना सरकारी वकिलको कार्यालय तुलसीपुरमा हुने तय भएको छ ।

Blog Post Ad Blog Post Ad