Ad Area

तुलसीपुरमा ब्राउनसुगर सहित चार जना पक्राउ


दाङ, ३ जेठ । तुलसीपुर प्रहरीले लागुऔषध (ब्राउन सुगर)सहित चार जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका साढे ८ बजेतिर तुलसीपुर १२ बबई क्याम्पस पछाडीको सडक बाटोबाट ६३० मिलीग्राम लागुऔषध (ब्राउन सुगर)सहित चार जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका ६ निवासी २३ वर्षिय रविन नेपाली, तुलसीपुर उपमहानगरपालिका ९ निवासी २७ वर्षिय मार्केट जेठा भन्ने कृष्ण जैसी, घोराही उपमहानगरपालिका १० घर भई हाल तुलसीपुर ५ निवासी २८ वर्षिय राजेश नेपाली र तुलसीपुर ५ निवासी ३४ वर्षिय अम्मर बाल्मिकीलाई पक्राउ गरिएको हो ।

बबई क्याम्पस पछाडीको बाटोमा रा ५ प ८८६५ नम्बरको मोटरसाइकलमा तीन जना शंकास्पद तरिकाले हिडीरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा रविन नेपालीले लगाएको पाईन्टको खल्तीबाट कालो प्लाष्टिकले बेरी स–साना पुडिया बनाएको थान ११ पुडिया लागू औषध(ब्राउन सुगर) जस्तो देखिने पदार्थ तौल गर्दा प्लाष्टिक सहित ४४० मिली ग्राम र प्लाष्टिक हटाई तौल गर्दा ३०० मिली लागु औषध(ब्राउन सुगर) बरामद गरेको डिएसपी अर्यालले बताए ।

त्यस्तै पक्राउ गरिएका तीन जनालाई सोधपुछ गर्दा अम्मर बाल्मिकीसंग किनेको बताएपछि अम्मर बाल्मिकीको कोठाबाट सानो पुडिया बनाएको थान २ पुडिया लागु औषध (ब्राउन सुगर) जस्तो देखिने प्लाष्टिक सहित तौल गर्दा १९० मिली ग्राम र प्लाष्टिक हटाई तौल गर्दा १४० मिली ग्राम लागु औषध(ब्राउन सुगर) बरामद गरेको डिएसपी अर्यालले बताए ।

उनीहरु चारै जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान कार्य जारी रहेको डिएसपी अर्यालले बताए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad