Ad Area

लमही नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस बिजयी


दाङ, ४ जेठ । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएको छ । मेयरमा जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी विजयी भएका हुन् ।

चौधरी ९ हजार ३ सय १७ मत प्राप्त गरेर नगर प्रमुखमा बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्मा ९विक्रान्त०ले ७ हजार २८५ मत प्राप्त गरेका छन् । चौधरीले निकटतम प्रतिद्वन्द्वीलाई २ हजार ३२ मतान्तरले पराजित गर्दै नगर प्रमुखमा बिजयी भएका हुन । लमही नगरपालिकामा नेकपा एमालेका उम्मेदवार दण्डीराम चौधरीले ५ हजार ५०३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ प्राप्त गरेकी छन् । एमालेकी सुशीला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गरिन् । लमहीमा ९ वडा मध्य ८ वडा वडा कांग्रेसले जितेको छ भने एउटा वडामा वडा अध्यक्षमात्रै माओवादी केन्द्रले जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा लमहीको मेयरमा नेकपा एमाले जितेको थियो भने उपमेयरमा नेपाली कांग्रेसले जितेको थियो ।

Blog Post Ad Blog Post Ad