गठबन्धनलाई हराउँदै घोराहीमा एमाले विजयी
घोराही, ५ जेठ । दाङको घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरी निर्बाचित भएका छन् । चौधरीले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मालाई ५ हजार ३३० मतले हराउँदै दोश्रो कार्यकालका लागि घोराहीको नगर प्रमुखमा विजयी भएका हुन ।
बिजयी चौधरीले ३१ हजार ७२८ मत प्राप्त गरेका थिए । पराजित शर्माले २६ हजार ३६८ मत प्राप्त गर्नुभएको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । चौधरी ०४७ को निर्वाचनमा पनि बिजयी भएका थिए ।
त्यस्तै नगर उपप्रमुखमा एमालेकै हुमा डिसी विजयी भएकी छिन । डिसीले गठबन्धनबाट काग्रेसका उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले हराउँदै बिजयी भए । बिजयी डिसीले ३ हजार ४०३ प्राप्त गर्दा डाँगीले ३ हजार ३५४ मत मात्रै प्राप्त गरेका थिए । उपप्रमुखमा डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रहेपनि अन्तत नेकपा एमालेकी उम्मेदवार डिसी बिजयी हुन सफल भएकी हुन ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चावीच चुनावी तालमेल रहेको घोराहीका वडा नं. १,२,३,४,५,६,७,८,११,१२,१४,१७ र १८ वडा एमालेले जितेको छ भने वडा नं. गठबन्धनबाट कांग्रेसले १०,१३, १५ , १६ र १९ नम्वर र माओवादी केन्द्रले वडा न. ९ जितेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचन र उपनिर्वाचन गरि सात वडा वडा जितेको कांग्रेस घटेर ५ मा झरेको छ भने ३ वडाहरु जितेको माओवादीले एउटा मात्रै वडा जित्न सफल भएको हो ।