Ad Area

रोल्पा कारागारमा कैदीले गरे आत्महत्या


रोल्पा,५ जेठ । रोल्पास्थित जिल्ला कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । बुधबार साँझ कारागारमा नेपाली सेना र नेपाल प्रहरीको दैनिक गरिने संयुक्त चेकजाँच तथा गन्तीको क्रममा एक जना कैदीको गन्ती कमभए पछि सुरक्षा निकाय सकृय भएको थियो।

खोजतलास गर्दा कारागारभित्रको शौचालयको ढोका बन्द रहेको अवस्थामा उक्त ढोका खोली हेर्दा सुर्खेत वराहताल गाउँपालिका १ घोडाआँखेका २७ वर्षीय विजयबिक्रम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुण्डीएर आत्म हत्या गरेको अवस्थामा फेला परेका थिए।

रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेको कमाण्डमा ५ जना र बटुक दल गण लिवाङ व्यारेकबाट नेपाली सेनाका प्रमुख सेनानी मणिराम थापा सहितको टोली खटिगई घटनाको बारेमा बुझेर कानुनी प्रकृया पुरा गरि शव पोष्ट मार्तमको जिल्ला अस्पताल रेउघा रोल्पा पठाईएको छ।

प्रहरीका अनुसार अनुसन्धान कार्य भईरहेको छ। अपराधिक लाभ केसमा थुनामा रहेका उनी २०७७ मंसिर ८ गते नेपालगञ्ज कारागारबाट सरुवा भएर रोल्पा ल्याईएका थिए। जेलर बिशाल खनालका अनुसार जरिवाना बुझाएको खण्डमा उनी २०७९ फागुन २३ गते छुट्ने थिए।