Ad Area

रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यू


दाङ ,७ जेठ । रोल्पामा चट्याङ लागेर एक जनाको घटना स्थलमै मृत्यू भएको छ, भने एक जना घाइते भएकी छन् ।
सल्यानको त्रिवेणी गाउँपालिका ३ घर भई सुनछहरी गाउँपालिका ४ फुलबारी टोल झिझा माईत गएकी २७ वर्षीया आमा हिरा चुनारा घाइते भएकी छन् । उनकी पाँच वर्षीया छोरी अनुशा पुनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

श्ुक्रवार साँझ साढे ६ बजे घरमा बसेको अवस्थामा उहाँलाई चट्याङ लागेको हो । घाइते चुनाराको रुईनिवाङ ३ सुलिचौर रोल्पामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad