Ad Area

राप्तीमा दश कक्षासम्म निःशुल्क शिक्षा


घोराही, ७ जेठ । राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टले कक्षा १० सम्मको पठनपाठन निःशुल्क बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । नयाँ आर्थिक वर्षदेखि लागु हुने गरी सामुदायिक विद्यालयमा कक्षा १० सम्मको पठनपाठन निःशुल्क गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

यो निर्णय साउन १ गतेबाट लागु हुनेछ । विद्यालयको पठनपाठन पूर्ण निःशुल्क बनाउने अभियानअन्तर्गत यो निर्णय गरेको र विद्यालयमा शिक्षक दरबन्दी, शिक्षकको तलबभत्तालगायत विद्यालयको भौतिक सुधारमा बजेट विनियोजन गर्ने उनको भनाई छ ।

यस्तै स्वास्थ्य तर्फ पनि प्रस्तावित भालुबाङ अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकीमा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी आकस्मिक सेवा सञ्चालन गर्ने निर्णय भएको छ । जुन सेवा २४ घण्टा खुला हुनेछ । एकजना एमडिजीपी डाक्टरलाई दरबन्दीमा राखेर गाउँपालिकाले स्वास्थ्यतर्फ निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

Blog Post Ad Blog Post Ad