Ad Area

रुन्टीगढीले २० युनीट सम्मको विद्युत महसुलमा पुर्ण छुट दिने


घोराही, ७ जेठ । रोल्पाको रुन्टीगढी गाउँपालीकाले पालिका भित्र कम महसुल खपत गर्ने घरधुरीहरुको लागी विद्युत महसुल बुझाइदीने भएको छ । गाउँपालीकाको अध्यक्षको पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष जनक पुनले जनपक्षीय कामको घोषणा गरेका हुन् ।

उनले घोषणा गरे अनुसार अव गाउँपालीका भित्र वसोवास गर्दै आएका घरधुरीले कम्तीमा २० युनीट सम्मको विधुत महसुलमा पुर्ण छुट पाउने भएका हुन् । निर्वाचीत भएपछि घोषणापत्रमा उल्लेखीत कामको सुरुवात गरेको भन्दै नागरीकहरु खुसी भएका छन ।

विद्युत प्राधिकरणको तथ्याड्क अनुसार गाउँपालीकाभरी ३२ सय घरधुरीले विद्युत उपभोग गरीरहेका छन् । यस्लाई आउदो गाउँसभाबाट कार्यक्रम तथा वजेट पास गरी लागु गरीने गाउँपालीकाका अध्यक्ष पुनले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad