Ad Area

गुरुकुलमा निर्वाचन : विद्यार्थी नै बने उम्मेदवार !


दाङ, ८ वैशाख । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सम्भवतः मुुलुकका हरेक जसो नागरिकले मतदान गरे । मतदाता नामावली भएका नागरिकले आफ्नो मत अधिकार प्रयोग गर्दै आफूले चाहेको उम्मेदवारलाई चुने र जिताए पनि ।

तर १८ वर्षमुनीका बालबालिकाले मतदान गर्न नपाउँने कानुनी व्यवस्था अनुसार उनीहरुले यो अवसर पाएनन् । खास गरी विद्यालयमा अध्ययनरत बालबालिकाले मतदान गर्न पाएनन् । दाङको गुरुकुल एकेडेमीले भने विद्यार्थीलाई यही अवसर जुराइदियो, विद्यालयमा निर्वाचन गराएर । जहाँ आइतवार विद्यालयको प्रङगणलाई मतदान स्थलमा परिणत गरियो र निर्वाचनकै शैलीमा मतदान सम्पन्न भयो । विद्यालयको क्याप्टेन, भाइस क्यापेटन र हाउँसको क्याप्टेन चयन गर्नका लागि भएको निर्वाचनमा करिब तीन सय विद्यार्थीले सहभागी जनाए ।

विद्यालमा भएको निर्वाचनमा उनीहरुले जीवनमा पहिलो पटक मतदानको अनुभव लिदै आफूले मन परेको उम्मेदवारलाई भोट दिए । कक्षा ५ मा अध्ययनरत १० वर्षिया सुनामी न्यौपानेले पनि जीवनमा पहिलो मतदान गरेको अनुभव लिइन् । विद्यालयमा भएको मतदानमा मतपत्र लिएर भोट हाल्न पाउँदा उनी दंग देखिइन् । भनिन्, ‘चुनाव भनेको सुनेकी थिए, आज आफै भोट हाल्न पाए ।’ उनले आफ्नो मतअधिकार प्रयोग गर्दै आफूले रुचाएको र विद्यालयमा काम गर्ने उम्मेदवारलाई भोट दिएको सुनाइन् ।

उनीजस्तै करिब विद्यालयमा ३ देखि १० कक्षासम्मका विद्यार्थीहरुले उसैगरी उत्साहपूर्वक सहभागी भएर मतदान गरे । विद्यालयमा भएको मतदानमा निर्वाचन अधिकृत थिए, विद्यालयका सहायक प्रधानध्यपाक मुकुन्द गिरी । उनले निर्वाचनकै शैलीमा विद्यालयमा पनि मतदान गरिएको बताए । बालबालिकालाई मुलुकमा हुने निर्वाचनको प्रक्रिया सिकाउँन र मतअधिकारबारे बुझाउँन मतदान गराएको बताए ।

‘बालबािलकाहरुले निर्वाचन के हो, कसरी हुन्छ भन्ने कुरा व्यवहारिक रुपमा सिकाउँन निर्वाचन गरायौं’ उनले भने, ‘यसले उनीहरुलाई निर्वाचनको प्रक्रिया र आफ्नो मतअधिकारको महत्वबारे धेरै कुरा सिकाउँछ ।’

विद्यालयमा क्याप्टेन, भाइस क्याप्टेन र हाउँस क्याप्टेन चयन गर्न निर्वाचनमा भएको थियो ।जसमा क्याप्टेन पदका लागि सुलभ खनाल, रिदम विएम, एन्जस चन्द ठकुरी, प्रताव विएम र सुयोग डिसीले उममेदवारी दिएका थिए । जसमा प्रताव विएम स्कुल क्याप्टेनमा निर्वाचित भएका छन् । उनले १ सय ५३ मत प्राप्त गर्दै विजयी भए ।

Blog Post Ad
त्यस्तै भाइस क्याप्टेनमा सुवेक्षा पौडेल, प्राप्ती अधिकारी, एन्जल जिएम र अनुराधा पोख्रेलले उम्मेदवारी दिएका थिए । जसमा प्राप्ती अधिकारी भाइस क्याप्टेनमा निर्वाचित भएकी छन् । उनले ९४ मत प्राप्त गर्दै विजयी भइन् । त्यस्तै प्राथमिक तह कप्तानमा अनुराग बाबु दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै चार वटा हाउँस क्याप्टेनका लागि पनि निर्वाचन भएको थियो ।

Blog Post Ad Blog Post Ad