Ad Area

घोराही–६ का नवनिर्वाचित वडाध्यक्ष आचार्यले गरे पदभार ग्रहण


 

घोराही – घोराही उपमहानगरपालिका वडा नं. ६ मा नवनिर्वाचित वडाध्यक्ष विष्णुराम आचार्यले पदभार ग्रहण गरेका छन् । वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएर आइसकेपछि उनले आज वडा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार सम्हाल्दै उनले आफूले वडाको विकासका लागि पाँच वर्षे गुरुयोजना तयार पारेको बताए । ‘अबको पाँच वर्षमा यो वडालाई कस्तो बनाउने, कसरी विकास गर्ने मैले योजना बनाएको छु’ उनले भने । उनले वडाभित्र विषेशगरी शिक्षा, स्वास्थ्य, कृषिक्षेत्रको विकासमा जोड दिने बताए । उनले जनताबाट प्राप्त मतको सम्मान गर्दै आगमी दिनमा निश्पक्ष रुपमा वडाको विकासका लागि जनपक्षिय ढंगले काम गर्ने प्रतिवद्धता जनाए ।

वैशाख ३० गते स्थानीय तह चुनावमा नेकपा एमालेबाट लोकप्रिय मत ल्याएर विजयी भएका आचार्य लामो समय सामाजिक क्षेत्रमा काम गरेका लोकप्रिय व्यक्ति हुन् । उनले लामो सयम धारापानी मन्दिर व्यवस्थापन समितिको सचिव हुँदै महासचिवसम्म भएर काम गर्दै आएका छन् । उनीसहितको नेतृत्वले धारापानी मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको छ । यसैबीच वडा कार्यालय परिवारले नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको छ ।

Blog Post Ad Blog Post Ad