Ad Area

होटल व्यवसाय राति सम्म खोल्न पाउनुपर्छ : नगरप्रमुख चौधरी


घोराही, १२ जेठ । दाङ देउखुरी होटल व्यवसायी समितिले स्थानिय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

घोराही उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चौधरीले घरपछिको दोस्रो घर होटल भएकाले यसलाई व्यवस्थित बनाउन सहजिकरण गर्नु जनप्रतिनिधिको मुख्य भुमिका भएको बताउनु भयो । अर्कोतिर आर्थिक समृद्धिका लागि होटल व्यवसाय सञ्चालनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । सरसफाइ, ताजा खाना, सुरक्षित वतावरणको श्रृजना गर्दै होटल व्यवसायी थप जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भयो । होटल व्यवसायमा अवसरसंगै चुनौती समेत भएकाले राति ९ बजे सम्म होटल खोल्दा समेत प्रहरी सम्म पुग्नु पर्ने अवस्थाको अन्त्य गर्न लागि लागी पर्ने बताउनु भयो ।

होटल व्यवसाय राति सम्म खोल्ने वातावरण तयार पर्ने नगरप्रमुख चौधरीले बताउनुभयो । अर्कोतिर नेताहरु लागातको चहलपहल बढाउदै होटल व्यवसायको स्तरबृद्धि गर्न नारायनपुरमा एरपोर्ट आवश्यक रहेको बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख हुमा डिसीले धार्मिक तथा पर्यटकीय स्थललाई व्यवस्थित गर्नेतर्फ बिशेश ध्यान दिदै होटल व्यवसायलाई टेवा पुराउने सवालमा प्रतिवद्ध रहेर काम गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै समितिका अध्यक्ष पुनले होटल व्यवसायको मुख्य उद्देश्य नाफा कमाउनु मात्रै नभई सेवा प्रदान गर्नु भएको बताउनु भयो । होटल व्यवसायको स्तरबृद्धिका लागी वडा तहदेखी नगरसम्मका सबै जनप्रतिनिधिसंग समन्वय गर्दै अघि बढ्ने उहाँले बताउनु भयो । संघिय सरकारले रातको समयमा पनि व्यवसाय सञ्चालन गर्न अनुमती दिएपनि स्थानिय प्रसाशनले सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन नसक्दा आफुहरु मारमा परेको बताउनु भयो । होटल व्यवसायीले पखेटा फिजाएर व्यापार गर्न सक्ने अबस्था नभएको भन्दै यसलाई सहजिकरण गरिदिन आवश्यक रहेको होटल व्यवसायीहरुको भनाई थियो ।

कार्यक्रममा घोराहीका नगरप्रमुख, उपप्रमुख सहित सबै वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो । समितिका वरिष्ठ उपाध्यक्ष ईशवर बुढा मगरको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव टिकाराम भुषालले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad