तोकेको भाडा नपाए जेठ २० देखि ढुवानी बन्द गर्ने ट्रक व्यवसायीको चेतावनी

दाङ,१५ जेठ । सरकारले समायोजन गरी तोकेको भाडादर नपाएको भन्दै लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरूले ढुवानी ठप्प पारेर आन्दोलन गर्ने बताएका छन् । उनीहरूले सरकारले तोकेको भाडादर व्यवहारमा पाउनुपर्ने भन्दै नपाए यही जेठ २० गतेदेखि ट्रकहरु घर र ग्यारेजमा थन्क्याई ढुवानीको कार्य रोक्ने चेतावनी दिएका छन् ।
दाङको घोराहीमा आइतवार भएको दुर्घटना न्यूनिकरण,भाडा समायोजन व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यले तोकेको भाडादर व्यवसायीहरुले नपाए ढुवानी सेवा बन्द गर्ने चेतावनी दिएका हुन । व्यवसायीहरुको अस्वथ प्रतिष्पर्धाले गर्दा ट्रक व्यवसायीले राज्यले तोकेको भाडा नपाईरहेको अवस्था भएको भन्दै यसको अन्त्यका लागि व्यवसायीहरु इमान्दार रुपमा लाग्नुपर्ने नेपाल ट्रक व्यवसायी महासंघका लुम्विनी प्रदेश संयोजक तथा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।
उनले एकातर्फ भारतीय ओभरलोडका गाडीहरूका कारण नेपाली यातयात व्यवसायी मारमा पर्नुका साथै अर्कोतर्फ राज्यले तोकेकै भाडादर असुल नहुँदा पेशा नै संकटमा पर्ने अवस्था सिर्जना भएकाले व्यवसायलाई बचाउनका लागि सवैको सहयोग आवश्यक रहेको बताए । ‘व्यवसायीहरुको अस्वस्थ प्रतिष्पर्धाका कारण ट्रक व्यवसाय संकटमा पर्ने अवस्था सिर्जना भएको छ । जसको उदाहरण हो राज्यले तोकेको भाडादर उठाउन नसक्नु’,संयोजक पाण्डेले भने,‘ यस्तो गल्तीलाई दोहो¥याईरहने हो भने व्यवसाय चलाउन सकिदैन । आफु पनि बाच्ने र व्यवसायलाई बचाउने हो भने व्यवसायी इमान्दार बनौ ।
राज्यले तोकेको भाडादरमा मात्र ट्रक चलाऔं ।’ उनले व्यवसायलई सहज बनाउनका लागि व्यवसायी संस्थाले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरूको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीसँग पनि सहकार्य गनेका लागि प्रदेशका विभिन्न ठाउँमा अन्तरक्रिया गरि सुझाव संकलनको काम गरिरहेको बताए ।
अध्यक्ष पाण्डेले ट्रक व्यवसायीको पेशा संकटमा परेकाले बाध्य भएर व्यावसायीलाई बचाउनका लागि अन्तिम तयारीमा लागेको बताए । ‘भाडादर कार्यान्वयन नहुँदा ट्रक व्यवसाय धराशायी हुने अवस्थामा पुगेको छ । धरशायी अवस्थामा पुगेको व्यवसायलाई बचाउनका लागि अन्तिम तयारीमा जुटेका छौ’,संयोजक पाण्डेले भने,‘ यसमा ट्रक व्यवसायी र ढुवानी व्यवसायी दुवैको सहकार्य र समन्वय हुन आवश्यक छ ।’
त्यसैगरी कार्यक्रममा नेपाल ट्रक व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रतावबहादुर कार्कीले व्यवसायीहरु इमान्दार भए मात्रै राज्यले तोकेको भाडादर लागुहुने भन्दै त्यसका लागि सवै मिलेर दवाफ दिनुपर्ने बताए । साथै उनले प्रदेशका सवै व्यवसायीहरुको छलफल र अन्तरक्रियाबाट लागुहुने गरि आचारसंहिता बन्ने त्यसका आधारमा ट्रक व्यवसाय सञ्चालन गर्न ट्रक तथा ढुवानी व्यवसायीहरु तयार हुनुपर्ने बताए ।
आचारसंहिता विपरित जाने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन सके ट्रक व्यवसाय सञ्चालन गर्न सकिने बताएका थिए । उनले ट्रक र ट्रान्सपोर्ट व्यवसायी नङ र मासु जस्तै सम्वन्ध रहेको भन्दै दुवै व्यवसाय एक भएर भाडादर लागुगर्न पहल गर्नुपर्ने बताएका थि ए ।
कार्यक्रममा राप्ती अञ्चल ट्रक व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगीले राज्यले तोकेको भाडादर नपाउँदा ट्रक व्यवसायीहरु पलायन हुने अवस्था भएको भन्दै यसलाई बचाउनका लागि सवै लाग्नुपर्ने बताए । इन्धन,गाडी मर्मतका लागि पार्टसलगायतका सामग्रीहरु महंगीरहदा ट्रक व्यवसायीहरुले राज्यले तोकेकै भाडादर नपाउँदा किस्ता तिर्नै व्यवसायीलाई समस्या भएको बताए ।
राप्ती ट्रान्सपोर्ट एसोसियसनका अध्यक्ष टंकेश्वर केसीले ट्रक व्यवसाय र ट्रान्सपोर्ट व्यवसायीलाई बचाउनका लागि मिलेर अघि बढ्न आवश्यक रहेको बताए । एकले अर्कालाई दोषारोपन गरेर जादा दुवै व्यवसायमा संलग्न व्यवसायीहरु मर्कामा पर्ने अवस्था भएकाले दुवैले सहकार्य र समन्वय गरेर अघि बढ्न सके राज्यले तोकेका भाडादर पाउन सकिने बताए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले व्यवसायीहरु इमान्दार नबन्दा व्यवसाय नै संकटमा पर्ने अवस्था सिर्जना भएको भन्दै यसबाट सवैले पाठ सिकेर अघि बढ्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा लुम्विनी ट्रक व्यवसायी समितिका उपाध्यक्ष सुनिलराज विष्ट, बाणगंगा यातायात व्यवसायी समितिका महासचिव लक्ष्मणप्रसाद भुषाल, राप्ती अञ्चल ट्रक व्यवसायी समितिका कल्याणकारिणी सचिव समेत रहेका ट्रान्सपोट व्यवसायी हेमन्त रेग्मी, ट्रान्सपोर्ट व्यवसायी अशोक वस्याललगायते मन्तव्यव व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण राप्ती अञ्चल ट्रक व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द्र मजगैंयाले गरेका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को वडा अध्यक्षमा निर्वाचित समितिका बरिष्ठ उपाध्यक्ष पे्रमनाथ योगीलाई सम्मान गरिएको थियो ।