Ad Area

जनभावनाको कदर गरेर काम गर्न जनप्रतिनिधिलाई महिला जेसीजको आग्रह


घोराही, १५ जेठ । दाङ महिला जेसीजले नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत एवं सम्मान गरेको छ । शाखा अध्यक्ष शारदा घर्तीको अध्यक्षतामा आईतबार एक कार्यक्रम गरी महिला जेसीजले घोराही उपमहानगरपालिकाका नगर प्रमुख, उपप्रमुखसहित १९ वटै वडाका नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत एवं सम्मान गरेको हो ।

सो अवसरमा नगरप्रमुख नरुलाल चौधरीले आफुले अघि सारेको चुनावी घोषणालाई निस्वार्थ भावले पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । उनले जनहीतका पक्षमा काम गर्न जेसीजसँग सहकार्य गर्ने वचन पनि दिए । यस्तै, उनले अरुको क्षमता विकासका लागि आफ्नो क्षमता विकास अपरिहार्य रहेको भन्ने सकरात्मक सोँच पैदा गर्ने जेसीजको मूल मर्मको उच्च प्रशंसा गरे ।

सो अवसरमा जेसीज पूर्व अध्यक्ष र पदाधिकारीहरुले जनभावनाको उच्च कदर गर्दै भेदभावरहित ढंगले हरेक क्षेत्रमा सकारात्मक भूमिका खेल्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी, जेसीजकी पूर्व अध्यक्ष माया पोख्रेल, वडा नम्बर १५ का अध्यक्ष रमेश पाण्डे, वडा नम्बर १२ का वडा अध्यक्ष द्रोर्ण बहकरीलगायत बोलेका थिए । कार्यक्रममा नगरप्रमुख र उपप्रमुखसहित १९ वटै वडाका वडाअध्यक्ष, दाङ महिला जेसीजका जनसम्पर्क अधिकारी जुनकुमारी बुढा, वडा नम्बर १८ का वडा सदस्य एवं दाङ महिला जेसीजकी पूर्व अध्यक्ष निरजा पोख्रेलका प्रथम पुरुष किरण पोख्रेललाई सम्मान गरिएको थियो ।

जेसीज सदस्य भीमा डिसीले आस्थापाठ गराएको कार्यक्रममा सहभागीलाई निवर्तमान अध्यक्ष ममता बिष्टले स्वागत मन्तव्य व्यक्त गर्दा धन्यवाद ज्ञापन उपाध्यष बसन्ती सुवेदीले र सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिईन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad