Ad Area

किसानलाई समयमै रासायनिक मल उपलव्ध गराउन माग गर्दै किसान संघद्वारा ज्ञापनपत्र


दाङ,१९ जेठ । जिल्लामा किसानलाई समयमै रासायनिक मल उपलव्ध गराउन माग गर्दै नेपाल किसान संघ दाङले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बर्षादको समय सुरु भैइसक्दा पनि किसानले मकै र धान खेतीमा प्रयोग गर्नका लागि रासायनिक मल नपाउनु दुःखद भएको भन्दै किसान संघले अभिलम्व किसानलाई मलको व्यवस्था गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

रासायनिक मलको अभाव हुनु नेपालको नीतिगत समस्या भएपनि समयमै खरिद प्रक्रिया सुरु नगरि अशोभाविक रुपमा अभाव सिर्जना गरिनु अस्वभाविक र दुःखद भएको नेपाल किसान संघका अध्यक्ष गोर्वधन शर्माले बताए । साथै विज्ञप्तिमा सम्वन्धीत निकायलाई कसैको दवाफ र प्रभावमा नपरेर सहज रुपमा रासायनिक मल युरिया, पोटास र डिएपी मल जतिसक्यो चाडो किसानको घरघरमै उपलव्ध गराउने व्यवस्था मिलाउन समेत सरकारसँग माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले रासायनिक मलको समस्या राष्ट्रिय समस्या भएको भन्दै समस्या समाधानका लागि सरकारले पहल गरिरहेको बताएका थिए । उनले जिल्लामा किसानले भागेको समस्या गृह मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयसम्म पठाउने समेत बताएका थिए । ज्ञापनपत्र बुझाउन किसान संघका जिल्ला अध्यक्ष शर्मासँगै नेपाली कांग्रेस क्षेत्र नं। २ ९क०का सभापति प्रकाश श्रेष्ठलगायतका नेता तथा किसानहरुको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad