Ad Area

वर्क सपमा आगलागी, १० लाख बराबरको क्षति


देउखुरी,१९ जेठ । दाङको लमहीमा रहेको एक मोटर साईकल वर्कसपमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

बिहीबार बिहान सवा १ बजे लमही नगरपालिका वडा नं. ५ का बिष्णा रेग्मीको घरमा सटर भाडा लिएर एटुजेट सोटरसाईकल वर्कसप सेन्टर सञ्चालन गरेका मुस्त खानको पसलमा बिजुलीको तर सर्ट भएर आगलागी भएको थियो ।

आगलागी भएको खवर पाएपछि प्रहरी नायव निरिक्षक पुरन मल्लको कमाण्डमा गएको ७ जनाको प्रहरी टोलीसहित लमही नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिएका छन् ।

आगलागीबाट २ वटा मोटरसाईकल, मोटरसाईकल मर्मतका लागि राखिएको सामग्री र नगद ४० हजार रुपैयाँ जलेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad