Ad Area

घोराहीमा नीति कार्यक्रमका लागि सरोकारवालासँग सुझाव संकलन


 दाङ,२० जेठ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्षमा गर्ने कार्य सम्पादनका लागि विभिन्न क्षेत्रका नागरिकहरु सँग सुझाब संकलन गरेको छ । आगामी आर्थिक बर्ष २०७९÷२०८० का लागि आउने बजेट कार्यक्रम पूर्व सार्वजनिक गरिने नीति कार्यक्रममा समाबेश हुने गरि विभिन्न क्षेत्रका नागरिकहरुसँग सुझाब संकलन गरेको हो ।

नागरिकहरुले आबस्यकतामा आधारित योजनाहरुको छनौट र सुशासनलाई ध्यान दिएर नीति कार्यक्रम बनाउन सुझाब दिएका छन् । नागरिक समाजका अगुवा, शिक्षा, स्वास्थ्य, पूर्वाधार, महिला बालबालिका, अपांगता, वन बाताबरण, सरसफाई, विपत व्यवस्थापन, कृषि, पशु, उद्योग व्यवसाय, पर्यटन, सहकारी लगाएतका क्षेत्रमा कृयाशिल व्यक्ति तथा संस्थाका प्रतिनिधीहरु सँग नगरले सुझाब संकलन गरेको हो । सुझाब दिने नागरिकहरुले आर्थिक शसक्तिकरणमा कृषि, पशु र उद्यममा जोड दिएका छन् ।

आर्थिक विकास विना अन्य कुनै पनि क्षेत्रको विकास सम्भब नहुने भन्दै त्यसका लागि कृषि, पशु र उद्यमलाई व्यवसायीककरण गर्नुपर्नेमा जोड दिएका हुन् । दिगो पूर्वाधार, गुणस्तरीय शिक्षामा विद्यार्थीहरुको अनुपातमा विषयगत शिक्षकको व्यवस्था र भवन निर्माण सँगै स्रोतसाधन प्रयाप्ततमा जोड दिएका छन् ।

कृषिमा व्यक्तिगत भन्दा समूहमा अनुदानको व्यवस्था गर्न, यान्त्रिकिकरण, तालिम तथा सिपको उचित व्यवस्था गर्न पनि सुझाब दिएका छन् । फोहोरको उचित व्यवस्थापन, बृक्षारोपण र संरक्षण, स्वरोजगारलाई प्रबद्र्धन गर्दै बैदेशिक रोजगारीलाई न्यूनिकरण गर्नुपर्ने, स्थानीय उत्पादनलाई उद्यमकारुपमा विकास गर्ने कार्यक्रम ल्याउन, पर्यटकिय क्षेत्रहरुको पहिचान गरि त्यहाँको प्रचारसँगै पूर्वाधार विकासमा सहज बनाउन समेत आग्रह गरेका छन् ।

बालमैत्री पढाईसँगै लागुऔषध दुव्र्यसनीलाई न्यूनिकरण गर्ने कार्यक्रम चलाउन, खेलकुदमा विद्यालय तहबाटै अक्षरस कार्यान्वयन गर्नुपर्ने खालका कार्यक्रमहरु ल्याउन आग्रह छ । स्वास्थ्यको क्षेत्रमा नगरमा भरपर्दो अस्पताल स्थापना गर्न सुझाब दिएका छन् । सबै क्षेत्रको सुझाबलाई आधार बनाएर नगरको चौतर्फि विकासको नीति बनाउने नगर प्रमुख नरुलाल चौधरीले बताएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad