दाङमा साइकल यात्रा गरेर मनाइयो विश्व साइकल दिवस

दाङ- दाङमा साइकल यात्रा गरेर विश्व साइकल दिवस मनाइएको छ । दाङ जिल्ला साइकल संघलको आयोजनामा साइकल यात्रा गर्दै विश्व साइकल दिवस मनाइएको हो ।
साइकल संघ दाङको अगुवाइमा भएको साइकलयात्रा घोराहीको शहिद -रमना भाइरल रोड–चौघेरा मन्दिर हुँदै अम्बिकेश्वरी मन्दिरमा पुगेर समापन गरिएको हो । साइकल यात्रामा करिब २० जना साइकलयात्रीको सहभागीता रहेको थियो । स्वास्थ्यका लागि साइकलका यात्रा भन्ने सन्देश दिदै विश्व साइकल दिवस मनाइएको छ ।