Ad Area

पद्मोदयको ७५ औं वार्षिकोत्सवमा २५ जनाले गरे रक्तदान


दाङ, २१ जेठ । पद्मोदय पब्लिक नमूना मावि भरतपुर दाङको ७५ औं वार्षिकोत्सव एबम् हिरक महोत्सवको अवसरमा रक्तदान गरिएको छ । शनिवार विद्यालयले एक कार्यक्रमको आयोजना गरि रक्तदान गरेको हो ।

रक्तदान कार्यक्रममा २५ जना रक्तदाताहरुले रक्तदान गरेको विद्यालयका रक्तदान संयोजक मिनेश श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार विद्यालयका तर्फबाट शिक्षक तथा कर्मचारीहरु गणेशदत्त भट्ट, मिनराज घिमिरे, विशाल केसी, वाशुदेव केसी, मिनेश श्रेष्ठ, देवेन्द्रसिह ठकुरी, बसन्त डिसी, बसन्त वुढाथोकी, दिपक ओली, भविन्द्र पुरी, फुलमान चौधरी, दिनेश ओली, दिपेश चौधरी र वीरवहादुर चौधरीले रक्तदान गरेका थिए ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत ११ जना छात्रछात्रले रक्तदान गरेका थिए । विद्यालयको आयोजना तथा रक्त सञ्चार सेवा केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । रक्तदान जीवन दान भन्ने मुल मर्मलाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्व स्वरुप विद्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको हो । राप्ती अञ्चलकै सवैभन्दा पुरानो विद्यालयका रुपमा रहेको पद्मोदय पब्लिक नमूना माध्यामिक विद्यालयमा लुम्विनी प्रदेशका विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।

Blog Post Ad Blog Post Ad