Ad Area

घोराहीबाट खैरो हिरोईनसहित २ जना पक्राउ


घोराही, २१ जेठ । दाङमा प्रहरीले घोराहीबाट खैरो हिरोईन सहित २ जनालाई पक्राउ गरेको छ । शुक्रवार राती पौने ९ बजेको समयमा घोराही उपमहानगरपालिका–१५ शान्तिनगर टोलस्थीत सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

लागुऔषधको कारोवार भैरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकृत प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्रहरीले पक्राउ परेका दुबैजनाको साथबाट प्रहरीले ६ वटा प्लाष्टिकको टुक्रामा राखेको २ ग्राम ३० मिलीग्राम खैरो हिरोइन बरामद गरेको छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा १४ को खण्ड (छ) को १ मा भएको व्यवस्था बमोजिम २५ ग्रामसम्मको कारोबार गर्नेलाई ५ बर्षदेखि १० बर्षसम्म कैद र पाँच हजारदेखि पच्चिस हजार रुपैयासम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad