Ad Area

टिकटकमा संकलित रकम, सेवा घरलाई सहयोग


दाङ,२१ जेठ । टिकटकमा लाइभ बसेर संकलन भएको रकम सामाजिक सेवाका लागि नेपाली हर्ट ग्रुप नेपालले घोराहीमा रहेको मानव कल्याणन समाज (सेवा घर)लाई सहयोग गरेको छ । ग्रुपले शनिवार दाङको घोराहीमा कार्यक्रमको आयोजना गरि सेवा घरमा बस्ने अनाथ, असाय र वेसाहरा नागरिकको सहयोगार्थ ७० हजार रुपैया बराबरको विभिन्न सामाग्री सहयोग गरिएको हो ।

नेपाली हर्ट ग्रुपका अध्यक्ष डिल्लीराज पराजुलीको अध्यक्षता एवं मानव कल्याण समाज (सेवा घर)का सचिव बिजय पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहयोग रकमसहित सामग्री हस्तान्तरण गरेका हुन । नेपाली हर्ट ग्रुपले नेपाली टिकटकमा लाइभ बसेर संकलन गरेको रकमले नाना, छाना र खानाका लागि मानव कल्याणलाई खाध्यान्न तथा लत्ता कपडा सहयोग गरेको हो ।

त्यसैगरी सस्थामा अक्ष्यकोष स्थापनाका लागि दश हजार सहयोग गरेको छ । मानव कल्याण समाजमा तीन सय जनाको परिवार रहेको छ । जसमा अधिकांस मानसिक रोगी रहेको सचिव पोख्रेलले जानकारी दिएका थिए । बलात्कृत महिलाहरुबाट जन्मिएका बालबालिका ३५ जना छन् । कार्यक्रममा ग्रुपका दाङका घोराही, तुलसीपुर लमहीसँगै प्युठान, बुटवललगायतका स्थानबाट सहयोगीहरुको उपस्थीति रहेको थियो ।

हर्ट ग्रुप टिकटकबाट जन्मिएको सस्था हो । लकडाउनका समयमा घर बसेर टिकटक चलाउने प्रयोगकर्ताहरुमा ग्रुप जन्मिएको थियो । भाइरल भिडियोका कारण टिकटकमा लाइभ बसेर संकलन गरिएको रकमबाट सामाजिक सेवामा लागेका संघसस्थाहरुलाई सस्थाले सहयोग गर्दै आएको छ । सस्थाले दाङमा ३४औ पटक सहयोग कार्यक्रम गरेको अध्यक्ष डिल्लीराज पराजुलीले जानकारी दिएका छन् । कार्यक्रमको सहजीकरण पत्रकार एलवी थापाले गरेका थिए ।

Blog Post Ad Blog Post Ad