Ad Area

सन्तोष श्रेष्ठ र शान्तिश्री परियारको स्वरमा ‘फुर्के मदानी’ सार्वजनिक


काठमाडौं,२१ जेठ । चन्द्र प्रसाई ‘परिष्कृत’ को ‘फुर्के मदानाी’ बोलको गीत सार्वजनिक भएको छ । दाङ निवासी चर्चित संगीतकार तथा गीतकार सन्तोष श्रेष्ठ र गायिका शान्तिश्री परियारको स्वर रहेको छ ।

गीतमा चन्द्र प्रसाईँ ‘परिष्कृत’ को शब्द रहेको छ भने सन्तोष श्रेष्ठ संगीत भरेका छन् । हरिश निरौला ‘कक्रोज’ र करिश्मा ढकालको अभिनय रहेको गीतमा माया गरेका दुई प्रेमिबीचको प्रेम सम्बन्धलाई मुख्य कथालाई बनाएर प्रस्तुत गरिएको छ ।

मौसम हिमालीले निर्देशन गरेको गीतलाई प्रसाई सन इन्टरटेन्मेन्टको नामक अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ । https://www.youtube.com/watch?v=AllctZmRlPw

Blog Post Ad Blog Post Ad