Ad Area

तेक्वान्दोमा सुनितालाई दोहोरो पदक


दाङ,३० जेठ । प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा तेक्वान्दो खेलाडी सुनिता विष्टले दोहोरो सिल्भर पदक जितेकी छिन् ।

नेपाल तेक्वान्दो संघको आयोजनामा काठमाडौंको सातदोबाटोमा भएको प्रतियोगितामा दाङ घोराही निवासी खेलाडी विष्टले दुई पटक जित्न सफल भएकी हुन । घोराहीमा रहेको अल्पा तेक्वान्दो डोजाङबाट प्रतियोगितामा सिंगलतर्फ २२–२५ बर्ष उमेर समूहमा प्रतिष्पर्धा गरेकी उनी दोश्रो स्थान सुरक्षित गर्न सफल भएकी हुन ।

उक्त समूहमा मुलपानीकी चन्द्र शाही प्रथम र नेपाल आर्मीकी कोपिला बोहरा तेश्रो भएकी थिइन । त्यसैगरी विष्टले जोडी अन्तर्गत सोही उमेर समूहमा पनि दोश्रो हुन सफल भएकी हुन । डवलतर्फ विष्ट र नरेन्द्र केसीले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए ।

त्यसैगरी घोराहीका काशिश पुन, बालिका वली र अस्मिता चन्दले पनि प्रतियोगितामा मेडल जितेका थिए । यहि जेठको २८ र २९ गते दुई दिन चलेको प्रतियोगितामा देशभरका खेलाडीहरुको सहभागिता रहेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad