Ad Area

बुवा आमाको नाममा विद्यालयमा अक्षय कोष स्थापना


दाङ, ३ असार । स्वर्गीय बुवा आमाको नाममा विद्यालयमा अक्षय कोषको स्थापना गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १८ मसिना निवासी स्वर्गीय देवीराम भुसाल र स्वर्गीय हरिकला भुसालको नाममा माध्यमिक विद्यालय रझेनामा घाेराहीमा अक्षयकोषको स्थापना गरिएको हो ।

स्वर्गीय हरिकला भुसालको १३ औ दिनको अवसरमा शुक्रवार ५१ हजारको अक्षयको स्थापना गरिएको हो । अक्षय कोष छोराहरु तेजीराम भुसाल, डिलाराम भुसाल बुहारीहरु जुनादेवी भुसाल, उमादेवी भुसाल छोरीहरु राधा सुवेदी, हुमा सुवेदी, गंगा वन्जाडे, विन्दु सुवेदी, कमला खनाल नातीहरु मुकेश भुसाल, निरज भुसालले स्थापना गरेका हुन ।

उक्त अक्षय कोष वाट आउने व्याज वाट माध्यमिक तहमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार छात्र, छात्रा १÷१ जनालाई सहयोग गरिने भएको छ । अक्षय कोषको रकम घोराही उप महानगरपालिका वडा नं १८ का वडाध्यक्ष भरतमणि अर्याल, विद्यालयका प्रअ उद्धव न्यौपाने, विद्यालय व्यवस्थापन समितीका सदस्य गोपालराज शर्मा, भुसाल परिवारको सहभागितामा हस्तान्तण गरिएको मुकेश भुसालले जानकारी दिएका छन् । अक्षय कोष दातालाई विद्यालयको तर्फ वाट धन्यवाद दिएको छ ।

Blog Post Ad Blog Post Ad