Ad Area

तुलसीपुरमा मल्टी सेक्टरल इन्स्योरेन्स कन्सल्टेन्सी


तुलसीपुर, ३ असार । तुलसीपुरमा यातायात क्षेत्रमा दुर्घटना विमाको समस्या समाधान, सवारी साधनको विमा सहजीकरण तथा ट्राभल एजेन्सीको समेत सेवा प्रवाह गर्नेगरी एउटा मल्टी सेक्टरल इन्स्योरेन्स कम्पनी सन्चालनमा आएको छ । तुलसीपुरका ५ जना व्यवसायीहरुले सामुहिक रुपमा सन्चालन गर्न थालेको यो यस्तो कन्सल्टेन्सी यातायात व्यवसायी नेता शुरेश हमालले विधिवत रुपमा सुभारम्भ गरे ।

तुलसीपुर क्षेत्रका विशेष गरी यातायात क्षेत्रमा लामो अनुभव बटुलिसकेका युवा व्यवसायीहरु केशव सापकोटा, विनोद कुमार शर्मा, मीन प्रकाश शर्मा(प्रकाश भट्ट), मोहन पुरी तथा हुम वहादुर परीयारको साझा लगानीमा यस्तो कन्सल्टेन्सी सन्चालनमा आएको हो ।

कन्सल्टेन्सीले सवै खाले दुर्घटना विमाको सहजीकरणसंगै नेपाल लगायत भारतका सवै स्थानका ऐतिहासीक धार्मिक स्थलसम्म पुग्नकालागी नेपालकै गाडिहरुको रुटपरमिट लिने, गाडि चाहिने सेवाग्राहिहरुलाइ उनीहरुको रोजाइ अनुसार ठुलो बस, हायस, स्कर्पियो तथा साना कार समेत भाडामा उपलव्ध गराउने उद्घाटनका अवसरमा बताइएको छ ।

उद्घाटनका अवसरमा आफ्नो कन्सल्टेन्सीको उदेश्यवारे प्रकाश पार्दै सन्चालक विनोद शर्माले नेपाल लगायत भारतीय बजारमा पनि सहज रुपमा यात्रा गर्नकालागी भारतीय दुतावस सम्म पहुच राखेर रुटपरमीटको व्यवस्थापन मिलाउने बताए । त्यसैगरी विभिन्न खाले दुर्घटना विमा भुक्तानी तथा सवारीसाधनको विमा गराउनकालागी पनि आफुहरुले सस्तो एवं सुलभ तवरले सेवाग्राहिहरुलाइ सेवा उपलव्ध गराउने बताए ।

‘तपाइ हामीलाइ व्लुबुक दिनुस्, नेपाल लगायत भारत भ्रमणकालागी पनि सवारीसाधनको रुटपरमीट उपलव्ध गराइदिने छौं’, सन्चालक शर्माले भने । साथै संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइ सेवाकालागी पनि टिकट काट्ने बताएको छ । सवै सेवाहरु डिजिटलाइज् अर्थात सुचना प्रविधिमैत्री हुने पनि संस्थाले जनाएको छ ।

दि कम्पीट शोलुसन इन्स्योरेन्स कन्सल्टेन्सीका अध्यक्ष केशव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिंदै यातायात व्यवसायी एवं त्रिसिदेश्वरी राप्ती सार्वजनिक यातायात व्यवसायी प्रालिका अध्यक्ष शुरेश हमालले हरेक क्षेत्रमा व्यावसायी इमान्दारीता आवस्यक भएको बताउंदै सन्सल्टेन्सी सन्चालकहरुलाइ पनि इमान्दारी पुर्वक सेवा प्रवाह गर्न आग्रह गरे ।

Blog Post Ad

‘हरेक दुर्घटनाको क्षतिको सवालमा जेनुन खर्चमा व्यवसायी पनि इमान्दार हुनुपर्दछ, विमा कम्पनी पनि इमान्दार हुनुपर्दछ, यसको सहजीकरण तपाइहरुले गर्नुहुने छ भन्ने मलाइ विश्वास छ’, प्रमुख अतिथि हमालले भने । उनले यी सवै कामकालागी राष्ट्रिय विमा समितिदेखि अदालत सम्म पहुच पुग्ने वातावरण व्यावस्थापन गर्न पनि सन्चालकहरुलाइ आग्रह गरे । विमा निकै झण्झटिलो छ, तर यहां विमा नबुझ्ने व्यवसायीहरुले पनि गाडि किन्ने प्रवृत्ति छ, यातायात क्षेत्रमा सकेसम्म न्युनतम विषयहरु बुझेर मात्र प्रवेश गर्न मेरो विनम्र आग्रह छ’, प्रमुख अतिथि हमालले भने ।

कार्यक्रममा राप्ती अन्चल संयुक्त ट्रक यातायात व्यवसायी प्रालिका महासचिव उमेशचन्द्र मज्गैया, नेपाल यातायात स्वतन्त्र मज्दुर संगठन दाङका अध्यक्ष केशव भण्डारी, दाङ जिल्ला टेक्टर व्यवसायी समितिका अध्यक्ष तथा यातायात व्यवसायी महासंघका केन्द्रिय सदस्य चिन्तामणि आचार्य, तुलसीपुर उद्योग वाणिज्यसंघका उपाध्यक्ष मीनराज भण्डारी लगायतले शुभकामना व्यक्तगर्दै सेवाग्राहिहरुलाइ सहज रुपमा सेवा उपलव्ध गराउन सन्चालकहरुलाइ आग्रह गरेका थिए ।

उद्घाटन कार्यक्रमको सहजीकरण रिपोटर्श क्लव नेपाल दाङका अध्यक्ष तथा पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad