Ad Area

विद्युत अनियमितको समस्या हटाउन माग राख्दै विद्युत कार्यालयमा तालाबन्दी


घोराही, ५ असार । विद्युत नियमित हुनुपर्ने मागसहित विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा स्थानीयले तालावन्दी गरेका छन् ।

विद्युत अनियमित हुँदा समस्या भएको र मागबारे कुनै सुनुवाई नभएको भन्दै स्थानीयले आइतवार विद्युत कार्यालय पुगेर तालाबन्दी गरेका हुन ।

अनियमित हुने विद्युत रोक्नुपर्ने माग राख्दै विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा तालबन्दी गरिएपछि विद्युतका कर्मचारीसहित विद्युतका लागि ध्यानाकर्षणपत्र बुझाउन गएको तुलसीपुर उद्योग वाणिज्य संघको टोली पनि कार्यालयभित्रै थुनिएको छ ।

विद्युत कार्यालयको चरम लापरबाहिका विरुद्ध तालाबन्दी गरिएको स्थानीय बसन्त गिरीले बताउनुभएको छ । मागका विषयमा गम्भीर नहुँदासम्म तालाबन्दी जारी रहने बताउनुभयो । विद्युत कार्यालयमा विद्युत नियमितको मागसहित स्थानीय विरोध गर्दै तालावन्दी गरेपछि सेवा प्रभावित भएको छ । तालावन्दीका कारण कार्यालयका कर्मचारी भित्रै थुनिएका हुन ।

विद्युत नियमित हुँदा स्थानीयसँगै व्यवसायीहरु समस्यामा परेकाले विद्युत नियमित हुनुपर्ने मागसहित तुलसीपुर उद्योग वाणिज्य संघले कार्यालय प्रमुख ज्ञानबहादुर फर्साललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

संघका अध्यक्ष रामप्रसाद चालिसेको नेतृत्वमा कार्यालय पुगेको टोलीले कायालय प्रमुख फर्साललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । गर्मी बढ्दै जाँदा विद्युत अनियमित बढेपछि स्थानीयले विरोध गर्दै तालावन्दी गरेका हुन ।

Blog Post Ad

विद्युत अनियमित हुँदा व्यवसायीहरुका कोल्ड स्टोर, चिस्यान केन्द्र, उद्योग, धन्दा, कलकारखाना संचालनमा समस्या भएको भन्दै बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तत्काल समस्या समाधान खोज्न आग्रह गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad