Ad Area

दाङ महिला जेसीजद्वारा ‘सर्फ बनाउने तालिम’ प्रदान


घोराही, ५ असार । दाङ महिला जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तरगत आईतबार दोश्रो दिन ‘सर्फ बनाउने तालिम’ प्रदान गरिएको छ । जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यमा सो तालिक उद्घाटन गरिएको थियो । सो अवसरमा अध्यक्ष बुढाथोकीले आयातलाई बिस्थापित गर्दै निर्यात बढाउन उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।

उद्यमीशलतासम्बन्धी सिपमुलक तालिमले उद्यमी बनाउने र उत्पादनमा टेवा पुग्ने बताउनुभयो । सिपलाई व्यवहारमा उतारेर महिलाहरु आर्थिक रुपले सक्षक भएमात्रै देशको अर्थतन्त्रमा पनि टेवा पुग्ने उहाँको भनाई थियो । उहाँले संघले स्थानीय स्तरमा उत्पादन भएका वस्तुको वजारीकरणमा सहयोग गर्ने बताउँदै जिल्लाको अर्थतन्त्र सबल बनाउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । विशिष्ट अतिथी नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष बसुन्धरा गौतमले महिलाहरु आत्मनिर्भर बन्नका लागि सीपमूलक काम अंगाल्दै स्वरोजगार बन्नुपर्ने बताउनुभयो ।

देशले अघि सारेको आर्थिक समृद्धिको नारा साकार पार्न महिलाहरु आर्थिक रुपले सबल बन्न यस प्रकारका कार्यक्रममा सहभागीता बढाउनु पर्ने उहाँको भनाई थियो ।

दाङ महिला जेसीज खुला विश्वविद्यालय भएको बताउँदै यसले समाज रुपान्तरणमा पुर्याउदै आएको योगदानले युवाहरु पनि नेतृत्व र व्यक्तित्व विकासमा सफल भएको बताउनुभयो ।

कार्यक्रममा दाङ महिला जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतम, पूर्वअध्यक्ष माया पोख्रेल, त्रिभुवननगर जेसीजका अध्यक्ष विवेक आचार्य, नेपाल महिला सामुदायिक सेवा केन्दकी अध्यक्ष कल्पना न्यौपाने, प्रशिक्षक नारी सिप विकास समाजकी अध्यक्ष विष्णु थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Blog Post Ad

कार्यक्रममा मुल संयोजक बसन्ती सुवेदीले जेसीज सप्ताहका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उपाध्यक्ष रोजिना गिरीको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रममा निमा सुनारले आस्थापाठ गराउनु भएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष लक्ष्मी घमालले गर्नुभएको थियाे । उक्त कार्यक्रमकाे सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियो । जेसीज सप्ताह अन्तरगत भोलि बिहान रक्तदान कार्यक्रम आयोजना गरिएको दाङ महिला जेसीजले जनाएको छ ।

Blog Post Ad Blog Post Ad